बाल्टिमोर एशोसियशन अफ नेप्लिज इन अमेरिका- बानाले ३० अक्टोबर शनिवारका दिन आयोजना गर्न लागेको दशैं-तिहार विशेष साँझमा Voice of Nepal - ३ विजेता किरण गजमेर , MISS NEPAL 2018 श्रृंखला खलिवडा, लोक गायक नारायण रायमाझी, नायक दिलिप रायमाझी, श्रृजना बिरही थापा लगायतले प्रस्तुती दिन लाग्नुभएको छ।
नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा बानाले बाल्टिमोरमा गायक गजमेर र श्रृंखला सहित लोक गायक नारा रायमाझी, नायक दिलिप रायमाझी, हाँस्य कलाकार शिवहरी पौडेल, लोक दोहोरी गायिका श्रृजना बिरही थापा, राजन ठकुरी, सपना गुरूङ, सम्झना गुरूङ, अपेक्षा सिह, रूवी पौडेल, कृपा ढकाल सहित स्थानिय कलाहरुको प्रस्तुती हुने बानाका महासचिव तथा कार्यक्रम संयोजक महासचिव किरण ढकालले जानकारी दिनुभयो ।
बेलुका ७ बजेदेखि १२ बजेसम्म डाउनटाउनको PRESTON Hall मा कार्यक्रम गर्न लागेको र सबैलाई उपस्थितिको लागि अनुरोध गरेको अध्यक्ष सुवोध विलास पन्तले बताउनुभयो।