Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

प्रधान पन्चको छोरा लिङ्देन भद्रपुरबाट धनकुटा गाडी चलाउँथे

प्रधान पन्चको छोरा लिङ्देन भद्रपुरबाट धनकुटा गाडी चलाउँथे

नेप्लिज डायस्पोरा

२०, मंसिर २०७८
images
प्रधान पन्चको छोरा लिङ्देन भद्रपुरबाट धनकुटा गाडी चलाउँथे

झापा, १९ भाद्र । कुनैबेला राजेन्द्र लिङ्देन भद्रपुरबाट धनकुटा गाडी चलाउँथे । उनले गाडी किनेर जिविकोपार्जनका लागि यो काम पनि गरे । कामलाई कहिले ठूलो सानो नभन्ने स्वभावका थिए लिङ्देन । यही परिचयले उनलाई झापामा मात्र नभई पूर्वाञ्चल भर परिचित गराएको थियो ।

जन्मस्थान पाँचथर भए पनि उनका बुवा मानप्रसाद प्रहरीमा सिपाहीको जागिरे भएकाले झापा बस्थे। मानप्रसादले २०२३ सालमा आफ्नो परिवारलाई झापाको तत्कालीन शिवगन्ज, सतासीधाम गाविस (हाल शिवसताक्षी नगरपालिका) मा बसाइँ ल्याएका थिए। अहिलेको पूर्व-पश्चिम राजमार्गभन्दा उत्तरको खाली जंगल क्षेत्रमा उनीहरूको बसोबास थियो।


त्यति बेला राजेन्द्र एक वर्षका थिए। उनले त्यहीँ बसेर कक्षा ३ सम्म पढे।


२०२८ सालमा झापा आन्दोलन भयो। तत्कालीन सरकारले जंगल क्षेत्रका बासिन्दा कोहीलाई गोलधाप, कोहीलाई पृथ्वीनगर सार्‍यो। कडरियाका अनुसार लिङ्देन परिवारको बसाइँ गोलधाप सर्‍यो। कक्षा ४ पछि लिङ्देनले गोलधापकै जनजागृति विद्यालयमा पढे।


मानप्रसाद प्रहरी जवानबाट हवल्दार पनि नभई पञ्चायतकालमै जागिर छाडेर गोलधाप गाविसको प्रधानपञ्च भए। सामान्य परिवारका लिङ्देनको बाल्यकाल पञ्चायती वातावरणमा हुर्किन थाल्यो। गोलधापबाट माध्यमिक शिक्षा पूरा गरेपछि लिङ्देन मेची बहुमुखी क्याम्पसमा पढ्न थाले। त्यहाँ पढ्दापढ्दै २०३९ सालमा उनी तत्कालीन पञ्चायत समर्थक स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध भए।


मीठो बोल्ने सालिन र शिष्ट स्वभावका लिङ्देनमा कहिल्यै अहंकार झल्किएन । उनी आफ्नो काम सुझबुझका साथ गर्थे । अडानबाट कहिले पछि हट्दैनथिए ।

कम्युनिस्ट आन्दोलनको केन्द्र झापामा राजावादी लिङ्देनको प्रभाव धेरैका लागि आश्चर्यलाग्दो थियो । यो उनको व्यक्तिगत जीवन र स्वभावका कारण पनि थियो । कम्युनिस्ट नेताहरु विलासी देखेका झापाका जनताले सामन्तीको ट्याग लगाइएका राजावादीमा लिङ्देनको सादा जीवन देखेर आश्चर्य मान्थे ।

तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा राजेन्द्र लिङ्देन झापा जिविसका सभापति नियुक्त भएका थिए । २०६१ सालको त्यो समयमा उनले झापाको आफ्नो क्षेत्रमा निकै विकासका काम गरे । उनी चुनौतीको सामना गर्दै विकासका लागि खटिए । यसले झापाली जनतामाझ लोकप्रीय बनायो ।

माओवादीबाट लिङ्देनले निकै चुनौतीको सामना गरे । उनको हल्दीबारीको घरमा आगजनी भयो । लिङ्देनमाथि भौतिक आक्रमण भयो । तैपनि उनी कत्ति पनि विचलित भएनन् ।

२०६२६३ को जनआन्दोलनमा उनलाई माओवादीले बिर्तामोडमा कालो मोसो दले । उनीमाथि आक्रमण भयो । घर जलाइदिएपछि बिर्तामोडमा विस्थापित भए ।

जनआन्दोलनपछि उनको जीवनमा झन् कठिन घडी आयो । जिविकोपार्जनका लागि गाडी चलाउन थाले ।

आफ्नै थालथलो सम्झिएर लिङ्देन फेरि हल्दिबारी फर्किए । त्यहाँ उनको सक्रियता फेरि बढ्यो ।

नेकपा एमालेका दिवंगत महासचिव मदन भण्डारी जन्मिएकै गाउँमा ढुङ्गेसाँघुमा २२ भदौ २०२२ मा भएको थियो । उनको बाल्यकाल भने झापामा बित्यो । पिता प्रहरीका जागिरे थिए । परिवार सामान्य नै थियो ।

लिङ्देन विद्यार्थीकालमा राजनीतिमा सक्रिय थिए । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आवद्ध भए । २०३६ सालको त्यो आवद्धताले उनलाई राजनीतिमा होम्यो । उनले इतिहासमा स्नातकोत्तर गरे ।

२०४६ सालमा लिङ्देनसहितको विद्यार्थी समूहमाथि अर्का विद्यार्थी राम थापाको हत्याको आरोप लाग्यो । उनले जेल जानुपरेको थियो । पछि छुटे ।

२०४९ सालको स्थानीय निर्वाचनमा गोलधाप गाविसको वडाध्यक्ष भए । तल्लो इकाईबाट राजनीति गरेर खारिएका लिङ्देन २०५४ सालमा पनि वडाध्यक्ष भएका थिए । उनी जनताको काममा खुबै खटिन्थे । यसले उनको राजनीतिक भूगोल बलियो बन्यो ।

लिङ्देनलाई राजनीतिमा अगाडि बढाउनमा कमल थापाको महत्वपूर्ण भूमिका छ । २०६६ सालमा उनलाई थापाले राप्रपा नेपालको केन्द्रीय सदस्य बनाए । विद्यार्थी मण्डलमा रहँदा पनि कमल थापा नै उनका नेता थिए । २०७० मा लिङ्देन राप्रपाको महामन्त्री भए ।

कमल थापाले राजनीतिमा अगाडि बढाउन भूमिका खेलेका लिङ्देनले उनैलाई अध्यक्षको निर्वाचनमा पराजित गरे । यसमा लिङ्देनको राजनीतिक चार्तुयता बुझ्न सकिन्छ । सुस्त तर निरन्तर अगाडि बढ्ने उनको कार्यशैली देखिन्छ । यसले पनि उनलाई सफल बनायो । तल्लो एकाईबाट बढेकाले उनले गहिरो गरी राजनीतिक जरो हालेका छन् । यसैले उनलाई कठिन घडीमा पनि कसैले हल्लाउन सकेनन् । एउटा ड्राइभर राप्रपा जस्तो देशको ठूलो दलको ड्राइभर बनेका छन् ।

images
प्रकाशित मिति :मंसिर २०, २०७८ सोमवार - ०६:२४:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend