Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

पानी चै किन बिटुलो ? (लघुकथा) - यमुना प्रधानाङ्ग ‘मुना’

पानी चै किन बिटुलो ? (लघुकथा) - यमुना प्रधानाङ्ग ‘मुना’

नेप्लिज डायस्पोरा

२५, मंसिर २०७८
images
पानी चै किन बिटुलो ? (लघुकथा)  - यमुना प्रधानाङ्ग ‘मुना’


सुनगाभा नामक एक गाउँमा प्रत्येक महिनाको पहिलो शनिवारका दिन भद्रभलादमीहरू भेला भइ वैठक बस्ने गर्थे । बैठक एउटा युवाको सोच र प्रयासबाट भएको थियो जसको मूल उद्देश्य भनेको, “आफ्नो गाउँको कसरी विकास गर्ने ?” भन्ने थियो । एक पटक बैठकमा एक जनाले प्रस्ताव राखे, ‘अब अर्को महिनामा ‘प्रत्येक घरका एक व्यक्ति' भन्ने नाराका साथ भेला गरौँ तब उनीहरूको पीरमर्का बुझिन्छ र मात्र बैठकले सार्थक पाउने छ ।’


भलादमी भनेर के गर्नु सबै एउटै सोचका हुँदा रहेनछन् । ती मध्येको एक जनाले भने, " हुँदैन गर्न ! हाम्रो गाउँमा कोही त पानी नचल्ने पनि छन् ।" ऊ भेला नगराउने पक्षमा अडिग रह्यो । पुरानो विचार धाराको कारण परापूर्वकालदेखि चलिआएको रीतिथितिलाई बदल्न नखोज्ने अर्का एक जनाले बोले, “ होइन काका ! अहिले जमाना बदलिसक्यो, त्यस्तो पटक्कै सोच्नु हुँदैन ।”


“हुँदैहुँदैन, भोलिका दिनमा उनीहरूले हामीलाई हेपिहाल्छ नि ?” अर्का एक जनाले विमति देखाए ।

त्यस बैठकमा नयाँ सोच भएका धेरै युवाहरू नै थिए । उनीहरू भन्थे, “ पहिलो त ! यो जात भन्ने कुरा मान्छेले बनाएको हो ।”


" हाम्रा पूर्वजहरूले कामको आधारमा जात छुट्याएका हुन् । राज्यले दलित भनी छुट्याइएका वर्गहरूका सीपलाई आधुनिकीकरण गर्ने हो भने हामी धेरैले विदेशिनु पर्दैन रोजगारीका लागि ।” जमातबाट अर्को स्वर सुनियो ।


“तपाईहरूलाई थाहा छ खोलाको पानी कस्को हो, कहाँबाट आउँछ ? कहाँ गएर जम्मा हुन्छ ?” आवाजहरू थपिदै रहे ।

त्यसै मध्येका पाको उमेरका व्यक्तिले भने, “खोलाको पानी त साझा हो, साझा ! जमीनमा भएको पानी बाफिएर बादल बनी आकाशबाट बर्सिन्छ भने कति त हिमाल पग्लिएर बगेको हिँउबाटै बन्छ पानी । त्यही पानी खोला नदी हुँदै समुन्द्रमा गएर मिल्छ । पानी के के हुँदै समुन्द्रमा पुगेको हुन्छ थाहा छ नि ? अनि त्यही पानी हामी शुद्ध मानी देउताको शिरमा जल भनी चढाउँछौ, पुज्छौ, पिउँछौ । अनि भन्नुस् त उनीहरूले छोएको पानीचाहिँ किन बिटुलो ?”

- वीरगञ्ज, पर्सा

images
प्रकाशित मिति :मंसिर २५, २०७८ शनिवार - ०८:४७:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend