Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

गजल. -रोहित राना

गजल. -रोहित राना

images
गजल. -रोहित राना

 

कसैले सुनेनन् मैले हार-गुहार गर्दा पनि
अझ कसैले बुझेनन् भुल सुधार गर्दा पनि

बलात्कारी त नेताको भतिजो रहेछ साथी
आज पनि मुक्त छ बलात्कार गर्दा पनि

टाई कोटमा सजिइ पजेरो चढेर हिंडेकैछ उ
वाहवाही उसैको छ कालो व्यापार गर्दा पनि

अकबरी सुनलाई कशी लगाउन नै पर्दैन नि
उसको सामानहरु बिकेन रे प्रचार गर्दा पनि

ओ! मेरी प्रिया तिमी अप्सरा बन्न नखोज ल
अप्सरा तिमि हुँदिनौ जति शृङ्गार गर्दा पनि

बाल्टिमोर अमेरिका


images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - ०८:४९:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend