Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

केशवराज ज्ञवालीको पहिलो कथासङ्ग्रह अर्को भोर सार्वजनिक

केशवराज ज्ञवालीको पहिलो कथासङ्ग्रह अर्को भोर सार्वजनिक

नेप्लिज डायस्पोरा

१२, पौष २०७८
images
केशवराज ज्ञवालीको पहिलो कथासङ्ग्रह अर्को भोर सार्वजनिक

काठमाडौं । केशवराज ज्ञवालीको पहिलो कथासङ्ग्रह अर्को भोर सार्वजनिक भएको छ । अमेरिकामा इन्जििनियरिङको काम समेत गरिरहेको ज्ञवालीको उक्त कथासंग्रहलाई साहित्यकार तथा पूर्व सांसद नारायण ढकालले लोकार्पण गरेका हुन् ।

शिखा बुक्सले बजारमा ल्याएको कथासङग्रहलाई काठमान्डौँस्थित बागबजारको हार्दिक होटलमा एक समारोह आयोजना गरी लोकार्पण गरिएको थियो । लोकार्पण समारोहको सभापतित्व शिखा बु्क्सका प्रमुख पुष्पराज पौडेल थिए भने आख्यनकार समेत रहेका नारायण ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सुचारु भएको थियो ।

त्रिभुवन विश्वविद्यालयका नेपाली विभागका प्रमुख ज्ञानु अधिकारी र त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विभागका प्रमुख युवा समालोचक, कथाकार महेश पौडेल टिप्पणीकारका रुपमा समारेहमा सहभागी भएका थिए । समालोचक महेश कार्की 'क्षितिज'ले प्रस्तोताको रुपमा कार्यक्रमलाई साहित्यमय बनाएका थिए । टिप्पणीकारका रुपमा उपस्थित अधिकारीले कथाकारलाई सिधै बधाइ दिए । उनले ज्ञवालीको भाषामा मिठोपन भएकोले कथासंग्रह पढ्न पाठकवर्गलाई आग्रह गरे । कथाकारले पारम्पारिक मुल्यमान्यतालाई तोडेको समेत अधिकारीको भनाई रहेको थियो ।

त्यसैगरी अर्का टिप्पणीकार पौडेलले अर्को भोर नामक पुस्तक पढनीय छ छैन भनी आम पाठकले नै फैशला गर्ने बताए । पौडेलले कथाकारले उज्यालोलाई मुख्य के्रन्द्रविन्दु बनाएर लेख्न सफल भएको बताए । अन्य क्षेत्रमा लागेका मानिसले पनि साहित्य सिर्जना गर्दै आएकोमा ज्ञवालीको कथा संग्रह सफल बन्ने विश्वास व्यक्त गरे । कथाकारले अध्यात्मक खुसीलाई पनि प्रष्फूटन गर्न सफल भएको बताए ।

समालोचक ज्ञानु अधिकारीले नारी संवेदनालाई छानेर राखिएको कथामा यौन मनोविज्ञानको संकेत पनि रहेको सुनाइन् । गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइरालाजस्ता कथाकारलाई पछ्याउँदै ज्ञवाली नेपाली साहित्यमा ‘अर्को भोर’ बाट उदाएको बताइन् । प्रमुख अतिथिको आसनबाट बोल्दै आख्यानकार नारायण ढकालले पनि कथाहरु राम्रा भएको बताए ।

अर्को भोर कथासंग्रहमा १४ वटा कथाहरु संग्रहित छन्।

 

1.jpg

images
प्रकाशित मिति :पौष १२, २०७८ सोमवार - ०२:२५:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend