दर्पण तिमिल्सिना
ओस्लो, नर्वे
नेपाली बिद्यार्थी समाज ओस्लो (नेस्को) नर्वेको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले निवर्तमान सचिव भुवन पौडेल अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति २०२१-२०२२ चयन गरेको छ। त्यसै गरि उपाध्यक्षमा सुभेच्छा भण्डारी, सचिव समिक्षा कोइराला, सह सचिव अन्जीला स्थापित र कोषाध्यक्षमा शैलेश धिमाल निर्विरोध निर्वाचित भएका छन्। सदस्यहरुमा आस्था तिमल्सिना र अभिनव सिंह पर्मर चयन भएका छन् भने बाँकी सदस्यहरु संस्थाले मनोनय गर्ने भएको छ।
कोरोनाका कारण अनलाइन मार्फत सम्पन्न भएको कार्यक्रममा नर्वे स्थति विभिन्न संघ संस्थाका प्रतिनिधि, पुर्व पदाधिकारीहरु तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष तेत्तिस पाण्डे, पुर्व अध्यक्षहरु मनोज उपाध्याय, अमृत दाहाल,सुरेन्द्र थपलिया ले विगतमा नेस्कोले नेपाली विद्यार्थीहरुको लागि गरेका कामहरु बारे चर्चा गर्नुभएको थियो। त्यसै गरि एनआरएनए नर्वेका अध्यक्ष जीवन बहादुर शाही, प्रवासी नेपाली मंचका सचिव मनोज अधिकारी, जन सम्पर्क समितिका उप सभापति पारस मिश्र, नेपाली जनप्रगतिशिल मंचको तर्फबाट बाबुराम दाहाल, हेल्पिङ्ग ह्याण्ड्स फर नेपाल अध्यक्ष बिनोद बश्याल, नेपोस नर्वेका इश्वरी प्रसाद खनाल, रागोस का सिद्दान्त घले, अनेसास नर्वेका सचिव हरि पाठक, एनआरएनए नर्वे उपाध्यक्ष राजन अधिकारीले शुभकामना मन्तव्य दिनु दिनुभएको थियो। वक्ताहरुले नेपाली विद्यार्थीहरुको हकहितको लागि नेस्को नर्वेले अतुलनिय कार्यहरु गरेको भन्दै प्रशंसा गरेका थिए।
कार्यक्रममा विगत २ बर्षमा नेस्को, नर्वेले गरेका कार्यक्रम र आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । साधारणतया नेस्को नर्वेको कार्यकाल एक बर्षको रहेता पनि कोरोना कहरका कारण २०२० मा नर्वेमा नेपाली नयाँ बिद्यार्थी नआएका कारण गत बर्ष अधिवेसन हुन सकेको थिएन। संस्थाका अध्यक्ष प्रविन पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन भुवन पौडेलले गर्नुभएको थियो।