आज भोली गाऊँ घरतीर बिहेमा जन्ती र मर्दा मलामीको लागी युवा जमात पाइन छोड़यो। धेरैजसो युवा बिदेस पलायनछन भने भएका केही युवा पनिशहरमुखी भएका छन ।
आजभोली यस्तो शैलीको विकास भएको छकी तीन लाखमा आफ़नो जग्गा बेचेर बिदेस गयो, अनी बिदेशमा दुई चारवर्ष पैसा कमाएर फर्केर फेरी त्यही जग्गा चौंध लाखमा किन्यो अनी फेरी भात खानको लागी फेरी बिदेस गयो। अहिलेअधिकांश नेपाली यूवाको समस्या भनेको नै यही छ । हामी पनि स्वदेसमा सानोतिनो काम गर्न लाज मान्छौं । विदेशमाज़स्तोसुकै काम गरे पनि आफुलाई स्वाभिमानी ठान्छौं तर तेही प्रकृतिको काम आफ्नो देशमा गर्नु हीनताबोध गर्छौं। हामीलेके क़ुरा बुझ्नु पर्छ भने बिदेश भनेको ख़हरे हो, जसरी ख़हरे खोला पानी परूंजेल गड़गडाएर आऊछ र पानी रोकिएपछिसुक्छ, विदेशमा पनी आफूले गरूंजेलसम्म मात्र हो । गर्न नसकेको दिन देखी सूखा हो।
तेसैले सानो तिनो पेशा ब्यवसाय गरेर निरन्तर लगिरहयो भने एऊटा ज़िन्दगी बिताऊन गारो हुदैन । अहिले हामीकहा केट्रेंड देखियको छ भने अर्काको देखासिकी गरने । कुनै माँछे सफल भयो भने उ कसरी सफल भयो भन्नेतीर विश्लेषण नगर्नेमात्र आफु पनी कसरी तेस्तै धनी हुने (चाहे ज़सतो सुकै कुकर्म अपराध गरेर किन नपरोस) भन्ने मात्र छ।
कुनै पनि काममा ईमानदार भयर निरन्तर लाग्यो भने अवश्य सफ़कता मिलदछ।काम गर्नु काम भन्ने क़ुरा सानो ठुलोहुदैन। सानो ठुलो त हाम्रो सोच हो, काम गर्नु लाज नमानौ। काम गरेर कोहि सानो हुदैन।
विदेश बिकाशित हुनुक़ो प्रमुख कारण नै काममा सबैको सहभागित हो, समान सहभागिता हो। हामी कहा कामगर्नेशैली नै फरक छ । लेबर पाँच जनाले काम गरेको छ र काम गरिरहेको छ भने तेस्क़ो साइडमा इंजिनीयर, ठेकेदार,कम्पनीमैनेजर लगायत अरु चार/पाँचजना कम्मरमा हात लगायर गफ चूटेर बसेको हुन्छ।
यदि त्यों लेबरसगै अरु पांच / छ जना उल्लेख गरेको मान्छेले पनि काम गर्ने हो भने दशदिनमा सकिने काम ५ दिनमासकिन्छ।बिदेसमा सबै जनाको काममा सहभागिता रहन्छ ।
म सम्युक्त राज्य अमेरिका आएपछि स्टोरमा काम शुरू गरे । कुनै अमेरिकी साहु थियो । म अगाड़ी सेल्सकाउण्टरमा काम गर्थे। उसले आफै स्टोरमा आबश्यक पर्ने सामान होलसेल पसलबाट लियर आऊथ्यो।आफै गाड़ीबाटअनलोड गर्थ्यो । मलाई केही नभनि आफै स्टोरको दराजहरूमा सामान मिलाउथ्यो ! सुरुसुरुमा मलाई अपठयारो लाग्योअनी मैले “तैले समान मिलाऊँन पर्दैन, अहिले फ़ुर्शद भयपछि म आफै मिलाऊँछु’ भन्थें । आख़िर म कामदार थिएं भने ऊमेरो मालिक थियो। म कामदार चुपचाप हात बांधेर बसेको अनी मालिक स्वयंले फटाफट काम गरेको कसरी हेर्नुसक्थेंर?? म त तेही स्कूलिंगमा हुर्केको मान्छे ? मालिक खेतको ड़िलमा सूर्य चूरोटको धूवा फाल्दै कामदारलाई यो भयनत्यों भयन भनेर टिका टिप्पणी गरने समाजमा हुर्केको ।
बिस्तारै दिनहरू बित्दै गयो, मैले यहांको समाजको बारेमा बुझन थाले, यहाँ कोहि मालिक कोहि कामदार भन्नेहुदैन, काममा सबैको सामान सहभागिता हुन्छ भन्ने बुझ्न थालें ।
ईन्जिनियर आफै चर्को घाममा साबेलले ग़िटि मिलाईरहेको हुन्छ कुनै टेक्निशन आउछ भुइमा लडिबुडी खेलेर कामगरछ। कस्तो सिस्टम? कुन सामान्य कामदार हो ? कुन मयानेजर? कुन Engineer? सबै सामान ।हामी कहा केही पहिलेमुग़लिंन चितवन सड़क खण्ड निर्माण को चरण मा थियो । पचास कि मी सड़क बनाऊन लागेको चार वर्ष समं पनीसम्पन्न भको थियन।यो सबै हाम्रो झंझटीलों ठेक्का प्रक्रया र काम गर्ने सिस्टम को दोस् हो ।
हामी कहा Divisioal Engineer आऊनु हुंछ अनी गाड़ी मैं बसेर निर्देशन दिनु हुंनछ,( लागछ गाड़ीबाट झरेर भुइमाटेक्दा श्रेस्ठ टेलरिंगमा सिलायको सूट धुलोले खतमहुंछ भन्ने माया छ धेरै),अझ ठेकेदार बिल मिलाउनु सजिलो बनाउन सहजीकरण होस भनेर आफनो कामदार लाई छाता ओडाउनु पठायर ग़ुलामी गरछ।
यहाँ मैले देखेको छू हिजो बेलूका कामबाट घर फर्कदा बाटो निर्माण भैरहेको भोली पल्ट बिहान पुन काममा जादा१२ घण्टामा तयार हुन्छ । न बाटो अवरोध न कुनै अपठयारो! र पो आज अमेरिका अमेरिका भको छ । खोई ! मेरोमातृभूमीमा यो चेत र समृद्धि कहिले आउला ?