Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

पोर्चुगलमा कन्चनपुरका तर्कराज भट्टले रुखमा झुन्डिएर आत्महत्या गरे

पोर्चुगलमा कन्चनपुरका तर्कराज भट्टले रुखमा झुन्डिएर आत्महत्या गरे

नेप्लिज डायस्पोरा

१३, माघ २०७८
images
पोर्चुगलमा कन्चनपुरका तर्कराज भट्टले रुखमा झुन्डिएर आत्महत्या गरे

२७ जनवरी, लिस्बन । 

पोर्चुगलमा एकजना नेपाली युवाले आज बिहान रुखमा झुन्डिएर आत्महत्या गरेका छन् । आफु बस्ने भन्दा केही परको स्थानमा गएर डोरीले रुखमा झुन्डिएको देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।  

सुदुरपश्चिम प्रदेश,कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका -६ का करिब ३८-३९ बर्षका तर्कराज भट्टले आज बिहान पोर्चुगलको आल्बुफेइरा नजिकै गिआ भन्ने ठाउँमा रुखमा झुन्डिएर आत्महत्या गरेको भेटिएको छ । उनी सोही एरियामा एउटा कृषि कम्पनीमा काम गर्थे ।

अहिले उनको शवलाई प्रहरीले पोस्टमार्टमका लागि हस्पिटल लगेको उनीसंगै एउटै कोठामा बस्ने साथी भीम भट्टले युरोपनेपाली खबरलाई जानकारी दिए । उनी पोर्चुगल आएको गत डिसेम्बरबाट ३ बर्ष लागेको थियो ।

images
प्रकाशित मिति :माघ १३, २०७८ बिहिवार - २१:५२:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend