एनआरएनए अमेरिकाका निवर्तमान बरिष्ठ उपाध्यक्ष तथा गत निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी डाक्टर अर्जुन बन्जाडेले संघको सदस्यता छिटै खोल्न भन्दै प्रेस विज्ञप्ती जारी गरेका छन ।
बर्तमान कार्य समितिलाई दबाब दिने उद्देश्यले डाक्टर बन्जाडेले यो प्रेस विज्ञप्ति जारी गरेको बुझिएको छ ।
नेप्लिज डायस्पोरालाई प्राप्त विज्ञप्तिमा बन्जाडेले सदस्य बन्न पाउने प्रक्रिया सधै खुल्ज्ञला राखिनु पर्ने कुरामा जोड दिएका छन । बन्जाडेले विज्ञप्तिमा लेखेका छन:"सिद्धान्त त एन आर एन ए अमेरिकाको सदस्यता दर्ता सधैँ भरि खुल्ला रहनु पर्ने भएता पनि यो प्रक्रिया विगत एक वर्ष अघि देखि बन्द भएको अवस्था छ ।"
बन्जाडे अगाडी लेख्छन, "देशका विभिन्न राज्यहरू बाट साथीहरूले सदस्यता दर्ता किन बन्द छ भनी जिज्ञासा राख्ने गर्नु भएको छ । त्यसैले अब ढिलो नगरीकन सदस्यता दर्ता को लागि प्रक्रिया सुरु गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु।"
बन्जाडेले नेप्लिज डायस्पोरासंगको कुराकानीमा भने, "मैले पनि एनआरएनए अमेरिकाका हजारौ सदस्यहरुको मत पाएको छु । उनीहरुको सरोकार बोल्नु मेरो दायित्व हो । एक बर्षसम्म सदस्यता विस्तारका बारेमा मौन रहनु उपयुक्त कुरा होईन ।"

स्मरण रहोस, गतबर्ष आजकै दिन फेब्रुअरी १५ मा चुनावी कारणले बन्द गरिएको सदस्यता बन्ने प्रक्रिया अहिलेसम्म खोलिएको छैन ।
डा. अर्जुन बन्जाडेद्वारा जारी प्रेस विज्ञप्ती जस्ताको तस्तै:
Press Release
February 15, 2022
बिषय: गैर-आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका को सदस्यता खुल्ला गर्ने सम्बन्ध मा
जो जस सँग सम्बन्धित छ।
आदरणीय सम्पूर्ण गैर-आवासीय नेपाली सङ्घ, अमेरिका का साथीहरू !
संस्था को मेरुदण्ड भने कै यसका सदस्यहरू हुन। सिद्धान्त त एन आर एन ए अमेरिकाको सदस्यता दर्ता सधैँ भरि खुल्ला रहनु पर्ने भएता पनि यो प्रक्रिया विगत एक वर्ष अघि देखि बन्द भएको अवस्था छ । अहिले देशका विभिन्न राज्यहरू बाट साथीहरूले सदस्यता दर्ता किन बन्द छ भनी जिज्ञासा राख्ने गर्नु भएको छ । त्यसैले अब ढिलो नगरीकन सदस्यता दर्ता को लागि प्रक्रिया सुरु गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु।
अहिलेको गैर-आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् को विवाद बाट हामी सबै दुखित छौ र यो अन्योलको वातावरण छिटै अन्त्य हुनेछ भन्दै एन आर एन ए अमेरिकाको सङ्गठनात्मक कामलाई नरोकौँ भन्ने अपिल गर्दछु।
जय एन आर एन ! जय नेपाली !!
भवदीय,
डा. अर्जुन बन्जाडे
निवर्तमान वरिष्ठ उपाध्यक्ष (२०१९-२०२१)
गैर-आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका