Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कता ज़ादैछ हाम्रो समाज ? -सन्तोष श्रेष्ठ

कता ज़ादैछ हाम्रो समाज ? -सन्तोष श्रेष्ठ

नेप्लिज डायस्पोरा

८, चैत्र २०७८
images
कता ज़ादैछ हाम्रो समाज ? -सन्तोष श्रेष्ठ

 

 

गत फागुन  ४ गते सुनसरी प्रहरी ले धरान - भेडेटार सड़क अन्तर्गत आँपग़ाछी जंगल क्षेत्रमा हात खुट्टा क़ाटेर ज़ेब्रा झोलामाराखेर फालेक़ो अबस्थामा एक जना पुरुष व्यक्तिको लास फेला पार्यो।

 

  पहिचान खुल्न नसकेको उक्त लास प्रहरीले सकेच मार्फ़त पहिचान पत्ता लगायो, उनी थिय इलाम बाँझों १ घर भयका ४३वर्षीय दिनेश सिग्देल जो वैदेशिक रोज़गारीको शिलशीलामा बहराइनमा थिए ।

 

पनध्र दिनको छुट्टिमा नेपाल आकों बेला आफ़नै कांनछी श्रीमती २९ बर्षिय अनिता के सी र उनका ३० वर्षीया प्रेमी(परपुरुष) सरोज भण्डारीले बिराटनगर को एक होटेलमा आफ़नो पुर्व योजना अनुरूप गलबंदीले घाटी कसेर मारेर उक्तलास टुक्रा टुक्रा पारी ज़ेब्रा झोलामा प्यक गरी जंगलमाँ लगेर फालेक़ो अनुसंधानबाट खुलेको छ।

 

यस्तै फागुन १६ गते धरान -१८ बुद्धचोक स्थित कान्तिपुर होटेल अण्ड लज को कोठा न १०९ मा एक जना महिलाको मृतलास भेटियो ।

 

   प्रहरीले अनुसंधान गरदै जादा मृतक पाँचथर मिकलाजुंग -१ घर भै इटहरिमा डेरा गरी बस्ने ३९ वर्षीय सुमित्रा तामागरहेको खुलन आयो।

 

आफ़नो छोरा समानको परपुरुष सगको सम्बन्धमा उत्पन्न खटपट ले गर्दा निजलाई आफ़नै प्रेमी धनकुटा पख्रिबासनगरपालिका ६ घर भै इटहरिमा सिटी सफ़ारी चलाउने २४ वर्षीय दिनेश रानामगरले हत्या गरी फ़रार रहेकोमा निजलाईहाल प्रहरीले पक्राऊ गरेको छ ।

 

      प्रविधिको बढदो दुरुपयोग

असामाजिक कुकृत्यबाट सृजित् नाजायज सम्बन्ध , लामों समयसम्म परिवारबाट बिछोड, समाज छोराछोरी पढ़ाऊँनेनिहुमा एकला वृद्ध बाबुआमा सासु ससुरालाई गाऊँमा छोड़ी शहर केन्द्रित बसाई, फ़ुरसदिलो समय , जस्ता कारणले गर्दाअहिले समाजमा परपुरुरुष र परस्त्री संगको अनैतिक र नाजायज़ सम्बन्धले गर्दा दिन प्रतिदिन यस्ता घटना बढ़ीरहेका छन।

 

देसमा बढ़दो बेरोज़गार समस्याको कारण लाख़ौ नेपाली दाजु भाई आफ़नो परिवारको उज्वल भविष्यको लागी वैदेशिकरोज़गार मा छन, विदेशी भूमिमा रग़त पसीना साटेर आफ़नो परिवारको लागी पैसा पठाऊछ , यता श्रीमती चाही आफ़नोछोरा छोरी पढाउने निहुमा शहरमा बस्ने, बिदेसबाट श्रीमान ले पठायको पैसा दुरुपयोग गर्ने, भड़किलो जिबनशैलीअपनाउने, बिदेसबाट २/३ वर्षमा फर्कदा सबै पैसा बर्बाद हुने,अनी परिवारमा खटपट शुरू हुने र अन्तिममा परिवार टुक्रनेगरेको पाइन्छ ।

 

   उदाहरणको लागी धरान घटनाको सुमित्रा तामंगलाई लिन सकिंन छ। उनको २ छोरा छोरी रहेको, श्रीमान इंदीयन आर्मीबाट सेवनिवृत्ति पस्चात हाल ब्रूनाईमा कार्यरत रहेगको , एउटा सुन्दर परिवार थियो तर क्षणिक मायाजाल र मोजमस्तीमालागेर आफ़नो छोरा समानको व्यक्ति संग नाजायज़ सम्बंध राख्दा अंत्यमा आफ़नो ज़्यान गुमाऊनु पर्यो।

 

हामी आज़भोली किन यती समबेदना हिन भै रहेका छौ? एक ज़ुनिमा एक पटक प्राप्त हुने यति सुन्दर जिबन किन क्षणिकमोजमस्तीमा रमायर तिलांजलि दिन उद्धत छौ, अब भने गम्भीर भयर सोचने बेला आयको छ। होईन भने यो ख़ालकोविकृति र विसंगति समाजमा भूसको आगो झै डडेलो लागने छ।

    

म यहाँ एउटा दृष्टान्त प्रस्तुत गर्न चहांछु, कुनै समय बिलासिताको बस्तुको रुपमा रहेको मोबाईल फोन अहिले अतिआवश्यक गास बास कपास जसतै आधारभूत आवश्यकता भयको छ ।

   कुनै परिवारमा पाँच जना सदस्य छन भने आजभोली पाँचै जनाको हातमा मोबाइल हुंछ सानो देखी घरको मूली सम्म।

 

अब पहिले जस्तो खाना खाने समय भयपछि आफ़नो रूममा बसेर मोबाइलमा पबजी खेलन मस्ती छोरा लाई तलkitchen बाट आमाले खाना खानेबेला भयो तल आऊँ भनेर text message गरेपछि मात्र छोरों mamu भनदई तलझर्छ, आमाले पसकेर dining table मा रखिदीयको खाना खान शुरू गरछ, अचम्म त के छ भने खाना खादा पनी पानीकोglass मा मोबाइल अड्यायर आखा मोबाइल मा भातको गास मुख मा हाल्छ, मानौ ख़ाना खाईंनजेल मोबाइल नहेरेउसको सर्वस्व चौपट हुंछ।

 

     आफ़नो मोबाइलमा रामजी खाँड़को फूल फ़ुलेर पहेलै भयो भन्ने दोहोरि हेरेर मस्त श्रीमानलाई ३ चोटि बोलाउड़ा पनीसुनने होईन, पसकेको खाना चिसो भै सक्यो र पनी उसको जबाफ हुंछ ल ल आइहाले।

 

आजभोलि ६ महीना को बचचा रोयो भने आमा हरुलाई फकाउने सजिलो तारिका छ, बच्चाको हातमा मोबाइलथमाइदियों अनी आफु मस्त मोबाइल भूलयो। बच्चालाई पनी खाना खानु भंदा पहिले कार्टून चाहियो अनी मात्र खान सुरुगरछ।

 

अब त यस्तो भै सक्यो परिस्थिति बच्चा पाऊनु भंदा पहिले नै उसको लागी पहिले मोबाइल ख़रीद गरेर तयार हुनु पर्यो।

 

  हुन त वैज्ञानिक आविष्कारहरू समाज परिवर्तन को लागी हो र पनी तेस्क़ो ग़लत प्रयोग लें समाज ग़लत बाटो तर्फ गयकोछ।

 

आजभोलि परिवारको सबै सस्स्य एक ठाऊ भेला जम्मा भयर दुख सुख का क़ुरा गर्ने, पारिवारिक सरसल्लाह गर्ने चलन नैहटिसक्यो, समय मिलयो की आफ़नो आफ़नो मोबाइल मा कोही सोफ़ा छेऊ, कोही low बेड मा , कोही kitchen माघोसेमूँटो लगायो बस्यो।कता जादई छ हाम्रो समाज?

 

गम्भीर भयर सोचौ। फ़ुरसदिलो समयलाई Facebook र TikTok सग साटनु भंदा सृजनात्मक कार्य गरौ। प्रविधि कोसही सदुपयोग गरौ, प्रविधि को दुरुपयोग गरदै आफ़नो ऊदांगो चरित्र समाज मा छताछुल्ल नबनाऊ। एक़बारको ज़िन्दगीहाँसी ख़ुसी जीउ, न किअबैध र अनैतिक सम्बन्ध को कारण मृत्युको मुखमा नपरौ।

 

( नेपाल सरकारको पुर्व प्रहरी अधिकृत सन्तोष श्रेस्ठ हाल अमेरिकाक़ो बॉल्टिमोरमा बस्नुहुंछ। उहाँ समसामयिक बिषयबस्तुहरूमा कलम चलाउने गर्नुहुन्छ। उहाको लेख जस्ताको तस्तै प्रस्तुत गरेका हौं । -सम्पादक।)

 

images
प्रकाशित मिति :चैत्र ८, २०७८ मंगलवार - ०२:१७:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend