Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

के का लागि बधाई दिने ? -रामचन्द्र भट्ट

के का लागि बधाई दिने ? -रामचन्द्र भट्ट

नेप्लिज डायस्पोरा

१५, चैत्र २०७८
images
के का लागि बधाई दिने ?  -रामचन्द्र भट्ट


हुनत मैले बधाई दिनु र नदिनुमा तपाईहरुले पाउनु भएको पदलाई कुनै फरक पार्न सक्ने त होइन । तर मेरो जस्तै भाव बोकेका असंख्य प्रवासी नेपालीहरु छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को जुन खालको ओज थियो, प्रतिष्ठा थियो जीवा लामिछानेको कार्यकाल पछाडीका कसैले पनि थेग्न सकेनन् । उपेन्द्र महतोको विरासत त कसैले समात्न पनि सकेनन् । कोही जाँड धोकेर विमानस्थलमै वितण्डा मच्चाउने, कोही स्वास्नीलाई उत्तराधिकारी बनाउने । यिनका हर्कतले प्रवासमा बसेका हरकोही नेपाली र नेपालीमुलका लज्जित हुनुपर्ने अवस्था आइलागेको छ । किनकी नेपालबाट हेर्दा प्रवासमा बसेका हरेक व्यक्तिलाई एनआरएनकै दृष्टिले हेरिन्छ ।

यस पटकको अधिवेशनले त सबैभन्दा लज्जित बनाएको छ हर सदस्यलाई । तीन तीन अध्यक्ष पनि कुनै संस्थामा हुन्छ ? कसैलाई जुनसुकै तरहले पद चाहियो भन्दैमा रातारात विधान संशोधन ? माफ गर्नुहोला-यस पटक टीका लगाएर, लिष्टमा परेर, सरकारी र गैर सरकारी आशिर्वाद पाएर जो जतिले पद बोकेर फर्किनु भएको छ नि । तपाईहरु सबै लालची हो ।

अस्ति भरखर नेकपाको दुई अध्यक्षको वितण्डाले नेपालले दुर्भाग्य खेपेको देख्दादेख्दै तीन जना अध्यक्ष बनाउने ? यसले संस्था एक हुनेमा तपाईहरु ढुक्क हुनुहुन्छ ? हेर्दै जानेछौ हामी साँचों खुट्टा तानातान त अब थालनी हुन्छ ।

तपाईहरुका कारण प्रवासमा बस्ने हरकोहीको बेइज्जती भएको छ । सामाजीक संजालमा आएका टिप्पणी, मिडियामा प्रकाशित तिखो समाचार पढ्नु भएको छ ? तपाईहरुका चाकडीवाजहरुले बधाई दिएका छन् । तर मलाई चाहि लाज लागेको छ ती चाकडीवाजहरुको प्रसंशा देख्दा । चाकडीवाजहरु देख्दा एउटा पौराणिक कथा याद आयो ।

कथामा राजाको नाकमा बसेको झिँगा धपाउन चाकडीवाजले तरवार प्रहार गरेको थियो । झिंगो त भाग्यो । तर तरवारको प्रहारले राजाको नाम काटियो ।

संस्थाको वदनाम गरेर पद बोकेकोमा तपाईहरु कोही पनि बधाईको हक़दार हुनुहुन्न ।

images
प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - ००:१६:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend