Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

खिमको नयां गीत ‘आमा’ आउदै

खिमको नयां गीत ‘आमा’ आउदै

नेप्लिज डायस्पोरा

१६, बैशाख २०७९
images
खिमको नयां गीत ‘आमा’ आउदै

 

गीतकार खिम केसीको तेस्रो गीत 'आमा' शुक्रबारदेखि बजारमा आउने भएको छ । 'लाटोकोसेरो फिल्म्स'को प्रस्तुति रहेको उक्त गीतमा सनुप पौडेलले स्वर दिएका छन् भने राजन इसानले संगीत भरेका छन् ।

आमाको मुख हेर्ने दिनभन्दा एक दिनअगाडि रिलिज गर्न लागिएको हो । आमा-छोरा एक-अर्काबाट टाढा रहँदा छोराले मनमा चल्ने हुन्डरीको वरपर यो गीत केन्द्रित छ । शब्दमार्फत आफ्नी आमालाई विशेष दिनको कोसेली दिन खोजेका गीतकार केसीले बताए । यो गीतको म्युजिक भिडियोमा रेणु नेपाल, मनीष पौडेल र शाश्वत भण्डारीले अभिनय गरेका छन् । भिडियो सम्पादन/निर्देशन बिजेस राजन र छायांकन नीरज श्रेष्ठले गरेका छन् । 'एसियन म्युजिक कम्पनी'ले गीत बजारमा ल्याउँदै छ।

अहिले अमेरिकाको क्यालिफोर्नियालाई कर्मथलो बनाएर बसिरहेका केसी साहित्यमा र संगीतमा रुचि राख्छन् । नेपाल रहँदा केसीले झन्डै एक दशक कर्णाली र सुदूरपश्चिमका जिल्लामा सामाजिक अभियन्ताका रूपमा बिताएका छन् । केसी गजल लेखनमा पनि सक्रिय छन् । उनका साहित्यिक रचना विभिन्न अनलाइन र पत्रपत्रिकामा प्रकाशित छन् ।

यसअघि केसीको 'लुकाएको मेरो माया' र 'म जहिले' गीत आइसकेका छन् ।

 

 

images
प्रकाशित मिति :बैशाख १६, २०७९ शुक्रवार - १०:१३:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend