एक 'युवा' को हुल छ
जो न प्रश्न गर्छ न बोल्छ
बा जे भन्छन्, त्यही भट्ट्याउँदै
स्वतन्त्र भई सोच्नै भुल्छ !
अर्को अधबैँसेको हुल छ
कहिले यो, कहिले त्यो गुटमा खुल्छ !
रुख सुक्नै लाग्दा टुप्पोमा गएर फुल्छ !
अझै अर्को बुढाखाडाको मण्डल यहीँ छ
जो ठान्छ आजभोलि भन्दा हिजो सही छ
मालिक थिए, शालिक थिए,
असर्फी, सरकार अनि जयजयकार
करोडौँ जनताको हित माथि एक परिवार !
यी सब हुल मण्डल त देखेकै हुन्
खाए पछि नुन, मान्नै पर्यो गुन
जपे केही नाम, बन्छ तिनको काम
क्षमता भन्दा ठुलो ठान्छन् भनसुन !
यी हुल माझ अटेरी बालेन भन्छन्
अब क्षमतावान् युवाको पालो
पट्टी बाँधेर आँखामा यी हुल भन्छन्
" बालेन ब्रोको दोषी चश्मा कालो!"
देख्छौँ कालो छाला र चश्मा तर विचित्र
देख्दैनौँ किन हामी नेताको कालो चरित्र ?
बिष्णु जोशी
युनिभर्सिटी अफ म्यासाचुसेट्स
अमेरिका