अमेरिका बासी रामा लामा अविनाशीको “सुगन्धित माटो” नामक कविता,गीत र मुक्तक मिश्रित कृति विमोचित भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको विश्व च्याप्टर सम्मेलनमा उक्त विमोचन गरिएको हो ।
अनेसासका केन्द्रिय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्व सञ्चालित कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा. खगेन्द्र प्रसाद लुइटेलले उक्त कृतिको बिमोचन गर्नु भएको हो ।
उक्त अवसरमा अनेसासका केन्द्रिय पदाधिकारीहरू , बिओटीकी अध्यक्ष गीता खत्री लगायत अधिकाँस पदाधिकारी लगायत अनेसासका विश्वभरका च्याप्टरहरूका अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
“सुगन्धित माटो” दोश्रो कृतिको रुपमा अविनाशीले बजारमा ल्याएका हुन् । यो भन्दा पहिला पिल्सिएको “परदेशी मन”ले पाठकहरूको मन जिती सकेका अविनाशीका दर्जनौँ गीतहरू बजारमा आइसकेका छन् ।
सो कितावको शीर्षक कविता सुन्नको लागि यहाँ थिच्नु होला :