Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अष्ट्रेलियामा हुण्डीलाई विस्थापित गर्दै पेरु

अष्ट्रेलियामा हुण्डीलाई विस्थापित गर्दै पेरु

नेप्लिज डायस्पोरा

२५, जेठ २०७९
images
अष्ट्रेलियामा हुण्डीलाई विस्थापित गर्दै पेरु

मेलबर्न। अष्ट्रेलियाबाट नेपालमा पैसा पठाउनका लागि वैधानिक र सहज माध्यम बनिरहेको छ 'पेरु रेमिट'। पेरु (Payरु) नेपालमा राष्ट्र बैंकबाट इजाजत प्राप्त र अष्ट्रेलियामा पनि दर्ता भएको रेमिट कम्पनी हो । अवैधानिक माध्यमहरुलाई निरुत्साहित गर्दै अगाडी बढिरहेको पेरुले अष्ट्रेलियाका रेमिट कम्पनीहरुमाझ आफ्नो अलग पहिचान बनाइरहेको छ भने अवैधानिक माध्यम 'हुन्डी'लाई विस्थापन गर्न अग्रसर छ।

पेरु रेमिट वैधानिक हुनुका साथै चुस्त ग्राहक सेवा, पैसा पठाउन अटोमेटेड प्रक्रिया, उचित सटही दर (रेट), नेपाल पैसा पाउनका लागि कम झन्झटिलो तथा माटो सुहाउँदो सेवा, विश्वसनीय र पठाएको रकममा पैसा घटबढ नभई नेपालमा प्राप्त हुने हुँदा पनि छोटो समयमा नै नेपाली समुदायमा स्थापित हुन सफल भएको हो।

पेरु रेमिटका सीईओ विजय दाहालका अनुसार, ईसेवासंग सहकार्य गरेकाले यो निकै छरितो र सहज डिजिटल माध्यम हो। वैधानिक माध्यम भएकोले यस मार्फत पठाएको पैसाले नेपालमा कानुनी रुपमा सम्पत्ति खरिद, सेयर मार्केटमा लगानी, ऋण लिन लागायत काममा आयस्रोतको रुपमा देखाउन सकिन्छ। र, नेपाल सरकारले रेमिट्यान्सलाई प्रबर्द्धन गर्नका लागि दिएका सेवाहरु पनि उपयोग गर्न सकिन्छ।

278975968_514951730343475_789930410155675150_n.jpg

अष्ट्रेलियाबाट पेरु रेमिट मार्फत पठाएको ढिलोमा पाँच मिनेटमा नेपालमा पैसा पुगिसक्छ। यसको सेवा दिनको २४ घण्टा नै खुल्ला रहन्छ र पठाएको रकममा १ पैसा पनि घटबढ नभई नेपालमा सम्बन्धित व्यक्तिसम्म पुग्छ।

पेरु रेमिटको सुरुवात कसरी भयो भन्ने सन्दर्भमा सीईओ दाहाल बताउनुहुन्छ," पहिलो त हाम्रो आफ्नै अभुवले हो। नेपालमा पैसा पठाउँदा कतै ढिलासुस्ती, कतै कस्टमर केयर राम्रो नहुने, कतै असुरक्षा लगायत समस्याहरु हामीले पनि अनुभव गरेका थियौं। पठाएको रकममा कहिले पचास रुपैयाँ, कहिले सय रुपैयाँ कम हुनेगर्थ्यो। किन कम भयो भनेर सोध्दा, स्थानिय रेमिटको शुल्क काटिएको भन्ने जवाफ आउँथ्यो। र, संगै नेपालमा इसेवा प्रयोगकर्ताहरुको संख्या बढ्यो, इसेवा वालेटको लोकप्रियता बढ्यो। यसले नेपालीलाई डिजिटल वालेटको बानी बसालिदियो। यो डिजिटल वालेटलाई नेपाल र अष्ट्रेलियाको नेपाली समुदायबीच किन नजोड्ने, भन्ने सोंच आयो। यी सबै कुराहरुले पेरुको अवधारणा जन्माउन भूमिका खेलेका छन्। यसको नाममा नेपालीपनको झल्को दिउँ भन्ने हिसाबले Payरु नाम रहन गयो। हाम्रो प्राविधिक काम २०२० बाट नै सुरु भएको थियो। २०२१ बाट हामीले मोबाइल एप ल्याएका हौँ। "

 

images
प्रकाशित मिति :जेठ २५, २०७९ बुधवार - १६:१७:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend