Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

शंखमुलको आवास क्षेत्रमा शवदाह गृह नबनाउन उच्च अदालतको आदेश

शंखमुलको आवास क्षेत्रमा शवदाह गृह नबनाउन उच्च अदालतको आदेश

नेप्लिज डायस्पोरा

२७, जेठ २०७९
images
शंखमुलको आवास क्षेत्रमा शवदाह गृह नबनाउन उच्च अदालतको आदेश

ललितपुर। उच्च अदालत पाटनले ललितपुरको(११ शंखमूलको आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउने ललितपुर महानगरपालिकाको निर्णय कायान्वयन नगर्न आदेश दिएको छ।

न्यायाधीश टेकप्रसाद ढुंगाना र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले विद्युतीय शवदाह गृह बनाउने महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न बुधबार महानगरपालिकासँगै मेयर चिरिबाबुमहर्जनलगायतको नाउँमा परमादेश जारी गरेको हो।
 
महानगरपालिकाले २०७६ साल श्रावण २३ गते वागमती फाँट जग्गा एकीकरण आयोजनाअन्तर्गतको घना बस्तीभित्र विद्युतीय शवदाह बनाउने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा २०६७ साल असोज २४ गते त्यस सम्बन्धमा बोलपत्र सूचना प्रकाशित गरेको थियो। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
 

images
प्रकाशित मिति :जेठ २७, २०७९ शुक्रवार - ०८:४४:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend