Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आमा ! मैले आत्महत्या गर्दिन -ईशा गुरुंग ‘गुरॅास’

आमा ! मैले आत्महत्या गर्दिन -ईशा गुरुंग ‘गुरॅास’

नेप्लिज डायस्पोरा

२८, जेठ २०७९
images
आमा ! मैले आत्महत्या गर्दिन -ईशा गुरुंग ‘गुरॅास’

पुजनीय प्यारी आमामा सेवाढोग !

आज म परदेशबाट मन बचनको साथमा यो पत्र कोर्दैछु ।

नेपाली समाजमा छ्याप छ्याप्ती हत्या, आत्माहत्याको अमानवीय घटनाहरु फैलिरहेको कारण हजुरलाई बिचलित बनाइरहेको होला !

आमाबाबाको मन् नै हो छोरा छोरी जती ठुला भएपनि, उनीहरु खुद आफै बाबा-आमा भैसक्दा पनि साना लाग्ने र साना नैदेख्ने उति नै माया र चिन्ता लाग्ने रहेछ। आमा भएपछि मैले हजुरलाई अझ बढि महशुस गर्दै गएकी छु । हजुरले भन्ने गरेका हरेक शब्द शब्दलाई झल्झली सम्झिरहेकी छु ।

‘फलानोले आत्माहत्या गरेछ रे !’ भन्ने खबर कहिंकतै  सुन्नुभएको दिन मलाई सुम्सुम्यादै भन्नु भएको थियो, “तिमीहरुले कहिले पनि तेस्तो सोच नगर ल!” मैले त्यतिबेला आऽ आमाले पनि के कुरा भनेको होला भनेकी थिएं। अहिले बुझ्दैछु सबै।

हजुरले गहभरि आंशु बनाई भनेका ती कुराहरु जीवनको यो मोडमा झलझली सम्झिरहेकी छु । अनि त्यसको महत्व बुझिरहेकी छु ।

जीवनमा कस्ता कस्ता मोडबाट गुज्रनु पर्दोरहेछ भनेर मैले यो संसारमा धेरै कुरा देख्दै गएकी छु । जीन्दगीमा कति धेरै अप्ठेराहरुको सामना गर्न पर्दोरहेछ, मैले धेरै मानिसको जीवन हेरेर थाहा पाउंदै गएकी छु । र पो, आमा हजुरले त्यसो भन्नुभएको रहेछ ।

“जीवनमा कठिनभन्दा कठिन परिस्थिती आएपनि डटेर सामना गर्नु ! जतिनै दुख परेपनि बुढा भाको बाउ-आमालाई सम्झिनु! हामीले कति दुख गरेर हुर्काएका छौ कति दिन तिमीहरु बिरामी हुदा एक निद्रा नसुति रात कटाएका छौ । आफ्नो मुखको गास छुटाएर तिमीहरुको पेट भरेका छौ! जीवनमा जति दुख परेपनि हरेस खाएर आत्महत्या गर्ने र आफूलाई चोट दिनेजस्ता काम कदापी नगर्नु र सोच्दापनि नसोच्नु …!

यस्तो सोच कदमकदाचित मनमा भुलेर आईहाल्यो भनेपनि बुढाबुढीभाको बाबुआमा सम्झेर सोच बदल्नु, यति गुन हामीलाई गरिदिएस” भन्दै सुक्क-सुक्क गर्दै “क्रिमु” पछ्यौराले आशुं पुछ्दै भक्कानीनु भएको क्षण सम्झीरहेछु।

 

साच्ची नै पिर पर्दैमा, या दुखी हुदैमा आत्महत्या गर्नु, आफूलाई र अरुलाई चोट पुराउने जस्ता घटिया सोच राख्नु, के यो साच्चि नै समस्याको समाधान होला र आमा, कुनै १/२ जनाले दिएको दुखको बदला या भनु जीवनसगं हरेस खाएर जीवन त्याग गरेपनि मलाई जन्म दिने बाउ, आमा र माया गर्ने परिवारका सदस्यहरुलाई दिनदिनै तड्पाई तड्पाई मार्ने काम हुन्न । यसकारण म सरासर हत्यारा भए हैन र ?  किनकी मलाई सिधै हत्याराको ट्याग लाग्नेछ!

 

बास्तवमा सबैलाई आफ्नो दु:ख अरुको भन्दा ठुलो लाग्छ ! तर त्यो सत्य होइन, संसारमा हामीभन्दा घेरै दुखीहरु ठाउंठाउंमा पाईन्छन । कसैले देखाउछन् । कसैले लुकाउछन् । तरपनि सबैजना आफ्नो आफ्नो कर्म गरी बाचिरहेका छन्। कतिपय कुरामा हामीले अरुलाई हेरेर चित्त बुझाउनु पर्ने हुन्छ। आज म हजुरलाई विश्वास दिलाउन चाहन्छु की मैले सानोतिनो कुरामा कहिले पनि आफ्नो धैर्यता गुमाउने छैन आमा !

आफ्नो अमुल्य जीवनको चक्र सकिनुभन्दा पहिले आफुलाई समाप्त गर्ने सोच र काम कहिले गर्नेछैन।

 

आफ्नो जीवनको मुल्य यस्तो तुच्छ तरिकाले कहिले गर्नेछैन । दुख सुख जीवनका दुई पाटा हुन् भनेर हजुरले सिकाउनुभएको संस्कार म लिएर हिडीरहेकी छु, आमा !

यसलाई सबैले भोग्नै पर्छ, यदी मलाई कुनै कुराले बिचलित गर्छ, मन उथलपुथल हुन्छ भने, म यस्ता कुराहरुलाई मनमा लिने छैन । यस्ले मलाई  तनाब दिनेबाहेक  केहि सहयोग गर्दैन रैछ ! म यस्ता कुराहरुको खुलेआम प्रतिकार गर्नेछु । जो रिसाउंछ, उस्को मुख कालो हुन्छ । असल ब्याक्तित्व भएका साथीभाई र छिमेकीले चाहे जति सुकै झगडा गरुन् या मुखैखोलेर नबोलेपनि सहि समयमा खुलेर साथ दिनेछ भन्ने बिस्वास छ आमा।

हजुरले नौ महिना कोखमा राखी दशधारा दुध खुलाएर जीवन दिनुभएको छ । अब साच्चीकै मलाई  निर्णय गर्न आवश्यक छ की म मेरो जिवनलाई कसरी सुन्दर बनाउन सक्छु ? जुन म वास्तवमा योग्य छु। कसैले पनि आमाको कोखबाट केहिसिकेर आएको नहुनाले सघंर्ष गर्नै पर्ने हुन्छ यहि नै रिती हो ।

हो ! आफ्नो सफलता प्राप्तीको लागि मैले धेरै हिंड्नु छ । आमा ! यदि म हिड्दा लडे भने केही छैन फेरि उठ्नेछु । फेरिहिड्नेछु र मुल्यांकन गर्नेछु पहिलो हिडाइ र दोस्रो हिडाइमा, केहि सिक्नेछु पहिलो र दोस्रो हिडाईमा ताकी तेहाबाट अबको हिडाईमा कसरी लड्नबाट आफुलाई जोगाउन सकिन्छ र कहासम्म पुग्न सक्षम हुनेछु ? जती लडेपनि हिड्न भने म छोड्ने छैन आमा !

तबसम्म हिड्दै जान्छु जबसम्म गन्तब्य स्थानसम्म सफलताको साथ पुग्दिन।

कसैलाई सबक सिकाउन र कसैको निमित्त बल्ल बल्ल पाएको मानवरुपी सरीर किन त्याग्नु र ? बुढा पुरानाले भन्ने गर्नुहुन्छ, मानव शरीर ८४ लाख जुनी काटेपछि बल्ल बल्ल पाउछ रे तर जे जस्तो सत्य तथ्य भएपनि म चाहि कहिले र कदापी यस्तो तुच्छ काम कहिले गर्ने त के सोच्ने पनि छैन । जीवनमा आइपरेका कुनैपनि दुख कष्टलाई डटेर सामना गर्नेछु । किनकी मलाई लाग्छ, समय सबैभन्दा ठूलो मल्हम हो । आजको दिन डटेर सामना गर्यो भने भोलीको दिन शुभ हुनेछ !

त्यसैले हजुरले कति पनि पिर नगर्नु होला है आमा ! मैले आत्महत्या गर्दिन । 

हजुरको प्यारी छोरी

अमेरिका, बाल्टिमोर!

images
प्रकाशित मिति :जेठ २८, २०७९ शनिवार - ०६:२६:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend