अमेरिकाको क्यालिफोर्नियामा घरको किचनमा मृत अवस्थामा भेटिएका धादिङका शंकर परियारको शव नेपाल पठाउनगोफण्डमीमा आर्थिक संकलन सुरु गरिएको छ । एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर र नेपलिज अमेरिकनपरियार एसोशियसनले आर्थिक सहयोगका लागी अपिल गरेको हो ।
डिभी मार्फत अमेरिका आएका परियार मे को अन्तिम साता आफू बसेको घरको किचनमा झुन्डिएको अवस्थामा फेलापरेका थिए । शंकरको परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनको शव नेपाल पठाउनका लागि आर्थिकसहयोगको अपिल गरिएको छ ।
धादिंगको निलकन्ठ ८ स्थायी घर भएका परियार सान्तारोजा क्यालिफोर्नियामा बस्दै आएका थिए। ३३ बर्षका परियार वेदवहादुर परियार र पुंगकुरी परियारका माहिला छोरा थिए
मास्टर्स दोश्रो बर्षमा अध्ययन गर्दा गर्दै उनले डिभी पारेका थिए । पाँचौंपटकको प्रयासमा डिभी पारेका उनले कोरोनामहामारीका बाबजुत भिसा प्राप्त गर्न सफल भएका थिए ।
डिभी लोटरी मार्फत २०२१ अक्टोवर ७ मा अमेरिका आएका उनी मेहनती,इमान्दार र सहयोगी भावना भएको व्यक्ति भएकोउनी निकटहरुको भनाई छ । अमेरिका आएको ८ महिना पनि पुरा नहुँदै उनले आफ्नो जीवन समाप्त पारेका छन् ।
दुई वर्ष अघिमात्र छोरीको मृत्यु वेहोरेको वुवाआमा र परिवार फेरी दोस्रो सन्तानको शोकमा डूबेको छ। ५० हजार डलरकोलक्ष्यसहित सुरु गरिएको गोफण्डमीमा १७ हजार डलर संकलन भइसकेको छ ।
खसोखास डटकमबाट