काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर १२४ रूपैयाँ ४७ पैसा र बिक्रीदर १२५ रूपैयाँ ७ पैसा तोकेको छ।
त्यस्तै, क्यानडियन डलर एकको खरिददर ९५ रूपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रूपैयाँ २७ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा तोकिएको छ।
त्यसैगरी, युरो एकको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।