होबार्ट। अष्ट्रेलियाको तास्मानियामा नेपाली रक सांगीतिक कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ। कन्सर्टमा नेपाली रक संगीतका लोकप्रिय रकस्टार रबिन तामाङ्ग तथा उनको ब्याण्ड 'रबिन एण्ड द रिभोलुसन'को विशेष प्रस्तुतिका रहेको थियो। ब्याण्डको अष्ट्रेलिया सांगीतिक टुरका क्रममा शुक्रबार होबार्टमा उल्लेख्य दर्शकहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
होबार्टमा सम्पन्न कन्सर्टलाई आरजीआईटी अष्ट्रेलिया र ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजले मुख्य प्रायोजन गरेका थिए। कन्सर्टमा स्थानीय अर्थ ब्याण्डको पनि सांगीतिक प्रस्तुति रहेको थियो।
ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजका डाइरेक्टर अरुण चित्रकारले कन्सर्टको व्यवस्थापन गर्नुभएको थियो। कन्सर्ट सफल रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण धन्यवाद दिंदै उहाँले सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको व्याण्ड र नेपालको रक विधामा अग्रपंक्तिमा आउने नाम रविन तामाङ्गलाई यसरी होबार्टमा स्वागत गर्न पाउँदा गर्व लागेको बताउनुभयो। उहाँले नेपाली सांगीतिक क्षेत्र, समुदाय र नेपाली विद्यार्थीहरुका निम्ति सहयोग पुग्ने यस्ता कार्यक्रममा आफू सधै अग्रसर रहने समेत बताउनुभयो।
कन्सर्टमा सहभागी मध्ये भाग्यशाली विजेतालाई ब्याण्डको अटोग्राफ सहितको गितार उपहार समेत राखिएको थियो
गत जुन ४ तारिखबाट अष्ट्रेलियाको टूरमा रहेको व्याण्डले यसअघि 'डार्विन, मेलबर्न, क्यानबेरा र सिड्नीमा 'रक एण्ड रोल नाइट'कन्सर्ट गरेको थियो । उक्त सांगीतिक टुर आयोजना गरिरहेको यात्री ईभेन्टसले होबार्टमा पनि कन्सर्टको आयोजना गरेको हो।