Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

ब्रोईलर छोरी (लघुकथा) - नन्दलाल आचार्य

ब्रोईलर छोरी (लघुकथा) - नन्दलाल आचार्य

नेप्लिज डायस्पोरा

२०, आषाढ २०७९
images
ब्रोईलर छोरी (लघुकथा) - नन्दलाल आचार्य

 

"बाबा, डर कहाँबाट जन्मन्छ र कहाँ गएर बस्छ ?" आठ वर्षकी छाेरीकाे प्रश्नले मलाई ताेरीकाे फूल देखायो । म साेचमग्न भएँ ।

साेचेँ, "साँचो बाेलूँ उत्तर मनमा छैन । झुटाे बाेलूँ उनको चित्त बुझ्दैन । नबुझे मुखबुजाे लाग्दैन ।"

मन दाेधारे दहमा पाैडिरहेकाे बेला उनकाे मुखबाट फेरि अर्को झटाराे आयो; "त्यत्रा उमेरका विद्यार्थीको चित्त कसरी बुझाउनुहुन्छ ? म आठ वर्षकी फुच्चीकाे मन त बुझाउन सक्नुभएन ।"

मेरो अन्तस्करण रन्थनियाे । मेरो मास्टरी जागिरमा पहिलो पटक प्रश्न चिन्ह लाग्यो । अनायासै मेरो मुखबाट निस्केछ; "तिमीले याे प्रश्न कहाँबाट ल्यायाै ?"
"आफ्नै मनबाट । साँझ पर्नासाथ म सु गर्न ट्वाइलेट जान डराउँछु । चारवर्षे भाइ निर्धक्क जान्छ । त्यसैले ....!" उनले प्रश्नको चुराे खाेस्रेर छर्लङ्ग देखाइन् ।

मैले भनेँ; "उसाे भए डर तिम्रो भ्रममा जन्मन्छ र तिम्रै मनमा बस्छ ।"
उनलेे हत्तपत्त प्रश्न साेधिन्; "कसरी हटाउने त ?"
मेराे सहज र सटीक उत्तर थियोे; "साेचसमझ र आहारविहारमा ब्राेइलर कुखुराजस्तो नबन्ने !"

- सिद्धार्थटाेल, उदयपुर हाल- सिर्जना कुटी, सिरहा ।

images
प्रकाशित मिति :आषाढ २०, २०७९ सोमवार - १८:०२:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend