Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

नेप्लिज डायस्पोरा

२४, आषाढ २०७९
images
गोली लागेका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको जापानी प्रसारण संस्था एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला आबेमाथि गोली प्रहार भएको थियो। गोली हान्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षीय यामागाती तेत्सुया रहेका छन् । समाचारहरुमा जनाइए अनुसार उनी जापानको पूर्व समुद्री सेना हुन् । प्रहरीले गोली हान्ने व्यक्तिको बारेमा थप अनुसन्धान गरिरहेको छ । 

६७ वर्षीय आबे लिबरल डेमोक्रेटिक पार्टीमा आवद्ध थिए ।

 

images
प्रकाशित मिति :आषाढ २४, २०७९ शुक्रवार - १५:४४:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend