Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नवराज पराजुलीको बाल्टिमोर कन्सर्टको तयारी पुरा, स्थानीय आठ कवि पनि सहभागी

नवराज पराजुलीको बाल्टिमोर कन्सर्टको तयारी पुरा, स्थानीय आठ कवि पनि सहभागी

नेप्लिज डायस्पोरा

२९, आषाढ २०७९
images
नवराज पराजुलीको बाल्टिमोर कन्सर्टको तयारी पुरा, स्थानीय आठ कवि पनि सहभागी

कवि नवराज पराजुलीको बाल्टिमोरमा हुने कविता कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको बानाका अध्यक्ष सुवोध विलास पन्तले जानकारी दिनुभयो । 

बाल्टिमोरको सामाजिक संस्था बानाले आयोजना गर्ने उक्त कन्सर्टमा स्थानीय आठ कविहरुले आफ्ना कविता वाचन गर्नुहुने जानकारी बानाका महासचिव सागर घिमिरेले नेप्लिज डायस्पोरालाई दिनुभयो । 

यसरी वाचन गर्नेहरुमा अमृता नेपाल, सतीश चापागाई, प्रवीन खड्का, नवराज पन्त, रोहित राना, वुद्धि मोक्तान, महेश भट्टराई र प्रबिण भण्डारी रहनु भएको छ । 

कार्यक्रममा कवि नवराज पराजुलीले झण्डै डेढ घण्टा र अन्य कविहरुले एक घण्टा समय लिनुहुने बुझिएको छ । साढे दुई घण्टाको विशुद्ध साहित्यिक जमघटमा सहभागी हुन चाहनेले टिकट किनेर समय मै प्रवेश गर्नुपर्ने छ ।

कार्यक्रम बारेको थप जानकारी फ्लायरमा छ । 

 

images
प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - ००:२०:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend