Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकाको मेरिल्याण्डमा नवराज पराजुलीको कविता कन्सर्ट सम्पन्न

अमेरिकाको मेरिल्याण्डमा नवराज पराजुलीको कविता कन्सर्ट सम्पन्न

नेप्लिज डायस्पोरा

१, श्रावण २०७९
images
अमेरिकाको मेरिल्याण्डमा नवराज पराजुलीको कविता कन्सर्ट सम्पन्न

'नवराज पराजुली कविता कन्सर्ट' कार्यक्रम अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सम्पन्न भएको छ । अमेरिकामा गरिएको यो पराजुलीको पहिलो एकल वाचन कार्यक्रम रहेको कविले बताउनु भयो । 

बाल्टिमोर एसोसियसन अफ नेप्लिज ईन अमेरिका (बाना) को आयोजना र अन्तराष्ट्रिय नेपाली कलाकार समाज, मेरिल्यान्ड(INAS) तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी, मेरिल्यान्डको (INLS) सह आयोजनामा भएको थिसो ।

"साहित्यकार नवराज पराजुलीको कविता कन्सर्टमा सहभागी भई साहित्यरसको आनन्द लिन पाइयो।" नेपाली साहित्यमा कलम चलाउने र अहिले मेरिल्याण्डको मोर्गन स्टेट युनिभर्सिटीमा पढाउने उत्तम गौलीले भन्नुभयो ।

२०१७ मा पद्मश्री पुरस्कारबाट बिभुषित “सगरमाथाको गहिराई” का सर्जक पराजुलीलाई बाल्टिमोरमा उपस्थित गराएकोमा बाना लगायत आयोजकहरुलाई सहभागीले धन्यवाद व्यक्त गरेका छन ।

कार्यक्रमको पहिलो चरणमा स्थानीय कवि साहित्यकारहरुले आफ्नै कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा बुद्धि मोक्तानले बुद्धी, प्रवीन खड्काले दोमन, रोहित रानाले म कविता लेख्न जान्दिन, महेश भट्टराईले अम्रिकाने ज़िन्दगी, प्रवीण भण्डारीले डिग्री होल्डर, नवराज पन्तले कलिलो हिमाल, राजबल्लभ कोइरालाले झ्यालको सिसा, अमृता नेपालले तिमी भेटेपछि, भीम बिक्रम शाहीले कविता, सतीश चापागाईंले विमानस्थलमा बा, ह्यारी भण्डारीले आप्रवासी जीवन, र राजेन्द्र सेन्चुरीले म र मेरो देश वाचन गर्नुभएको थियो । 

कार्यक्रमको शुरुवातमा आयोजक बानाका अध्यक्ष सुवोध विलास पन्त, सहआयोजक अन्तराष्ट्रिय नेपाली कलाकार समाज,(INAS) मेरिल्याण्डका अध्यक्ष सिर्जन ताम्राकार र अन्तराष्ट्रिय नेपाली साहित्य समाज (INLS) वासिङ्टन डिसी, मेरिल्याण्डका अध्यक्ष भरत बराईलीले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रमको संचालन बानाका महासचिव सागर घिमिरेले गर्नुभएको थियो । कार्यक्रमको फोटो र भिडियोग्राफी शुशील पंगेनी र निलम गांउलेले गर्नुभएको थियो । साउण्ड सिष्टममा नाम्लो ईभेन्ट्सका दिनेश गुरुगंले सहयोग गर्नु भएको थियो । 

images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - १७:४१:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend