Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नेपाल नागरिकता विधेयकले प्रवासका नेपालीलाई मातृभूमीसंग जोडिईराख्न बाटो खुलेको वुद्धि सुवेदीको ठहर

नेपाल नागरिकता विधेयकले प्रवासका नेपालीलाई मातृभूमीसंग जोडिईराख्न बाटो खुलेको वुद्धि सुवेदीको ठहर

नेप्लिज डायस्पोरा

७, श्रावण २०७९
images
नेपाल नागरिकता विधेयकले प्रवासका नेपालीलाई मातृभूमीसंग जोडिईराख्न बाटो खुलेको वुद्धि सुवेदीको ठहर

 

नेपाल नागरिकता विधेयकले प्रवासका नेपालीलाई मातृभूमीसंग जोडिईराख्न बाटो खुलेको वुद्धि सुवेदीले ठहर गरेका छन । 

एनआरएनए अमेरिकाका अध्यक्ष समेत रहेका सुवेदीले आफ्नै फेसबुक मार्फत सार्बजनिक गरेको विचार यस्तो छ: 

गैर आवासीय नेपाली नागरिकता समेत समावेश रहेको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ नेपालको प्रतिनिधिसभाबाट पारित भएको छ।
यो हामी सबै गैर आवासीय नेपालीका लागि खुशीको कुरा हो । प्रतिनिधि सभाले पाश गरेको विधेयक माथिल्लो सदन राष्ट्रिय सभाले पनि पारित गर्ने विश्वास लिएका छौं । तत्पश्चात बिधेयक महामहिम सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भई कार्यन्वयनको तहमा पुग्नेछ ।
बिधेयक पास गर्न भूमिका खेल्नुहुने प्रतिनिधि सभाका सभामुख लगायत सम्पूर्ण माननीय ज्यूहरु, सम्माननीय प्रधानमन्त्री ज्यू, बिभागिय मन्त्री मा. गृह मंत्रीज्यू, संघीय कानून मंत्रीज्यू, राजनीतिक दलका नेतृत्व लगायत नेता ज्यूहरु, कानूनविद्, संचारकर्मीहरू लगायत संघका अग्रज ज्यूहरू, आईसीसीको वर्तमान कार्यसमिति, एनआरएन अभियन्ताहरू लगाएत सबैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु ।

संघ स्थापना भए देखिनैं हामीले उठाउँदैं आईएको गैर आवासीय नेपाली नागरिकता को मागप्रति भएको सम्बोधन गैर आवासीय नेपालीलाई मातृभूमीसँग जोडिराख्ने एउटा महत्वपूर्ण कदमको रूपमा रहेको छ । आगामी दिनमा पनि हामी सबैं एक भएर हाम्रा मागप्रति जुट्नुपर्ने आवश्यकता रहेको छ ।

भवदीय,
बुद्दी सागर सुबेदी
अध्यक्ष
गैरआवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद,अमेरिका

images
प्रकाशित मिति :श्रावण ७, २०७९ शनिवार - १०:०८:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend