हिजो जस्तो
आज छैन म
अस्तिको जस्तो
खै कसरी हुन सक्छु
जन्मे देखी यता
उमेरको अंक फेरिए जस्तै
जीवनको रंग फेरिए जस्तै
फेरिए होला मै पनि
हो
एकदमै फेरिए
एैना उस्तै रह्यो
म फेरिए
टाउकाको
कपालको संख्या झै
गालाको
दाह्रीको रंग जस्तै
कस्तो प्राकृतिक रहेछ है यो फेराई
यो परिवर्तन
दिन भरी तेसै टोलाएर बस त
आकाश फेरिन्छ
बादलका आकार प्रकार
अनि सिंगो दिन
हेर न साँझ पर्दै छ
अघी सम्म दिन थियो
म पनि यसै गरी अर्कै भए होला
अनि
भोली झिसमिसेमा समय उस्तै हुन्छ
अघि जस्तै
उज्यालो
दिन अनि रात
प्रकृति त समयको पनि फेरिन्छ है
उज्यालो अनि अध्यारो
अनि झल्यास्स सम्झिदो हो
अनि फेरी उज्यालो
अनि फेरी बिर्सदो हो
अनि फेरी अध्यारो
म पनि त समय जस्तै हो
तिमी फरक छ्यौ र?
हाल: मेरिल्याण्ड, अमेरिका ।
(विभिन्न नेपाली चलचित्रहरुका नायक कोईराला एक शसक्त कवि पनि हुनुहुन्छ । -सम्पादक। )
