नेपाली नागरिकताको निरन्तरताको लागि नेपालका राजनितिक दलहरुसंग र सरकारसंग छलफलका लागि लबिगं गर्ने उद्देश्यले 'नेपाली नागरिकताको निरन्तरता समिती' गठन गरिएको छ ।
यसको नेतृत्व लामो समयदेखि अष्ट्रेलिया बस्दै आएका पाल्पाका दुर्गा आचार्यले पाएका छन ।
साथै यो समितीको सदस्य सचिवमा एनआरएनएका सचिव नारायण काफ्ले रहेका छन ।
विभिन्न देशका नेतृत्व तहका एनआरएनए अभियन्ताहरुलाई जोडेर यो समिती गठन गरेको बुझिएको छ ।
"हामीले आआफ्नो तहबाट लविंग गर्ने र दबाब दिने काम गरिरहेका छौं । यसपटक काम फत्ते गरेरै छाड्ने हो ।" संयोजक दुर्गा आचार्यले नेप्लिज डायस्पोरासंगको कुराकानीमा भने ।
समितिद्वारा जारी जानकारी:
गैरआवासीय नेपाली संघको स्थापना देखिकै यसको मूलमन्त्र “एक पटकको नेपाली सँधैको नेपाली” रहि आएको यहाँहरुलाई बिदितैछ। यसैको मूल भवना लाई कदर गर्दै नेपालको संबिधान २०७२ को धारा १४ मा “विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियली सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशज वा जन्मको आधारमा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहि पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघिय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ ।” भन्ने उल्लेख छ ।
यस मागलाई पूरा गर्नको लागि गैरआवासीय नेपालीहरू माझ सचेतना जगाउन र नेपाल सरकार एबम् नेपालका राजनितिक पार्टीहरुसँग लबिङ्ग गरि यो मागलाई गन्तब्यमा पुऱ्याउने ध्येयका साथ “नेपाली नागरिकताको निरन्तरता” समिति गठन गरिएको हो । गत ३०अप्रिलमा संयोजक र सदस्य सचिव चयन भई ब्यापक छलफल र गृहकार्य मार्फत निम्नानुसार समिति निर्माण गरिएकोछ । थाप साथीहरु सँग अरु छलफल र सल्लाह गरि समितिलाई बिस्तार गरिने समेत जानकारी गराउन चाहन्छु ।
सल्लाहकार:
कुल आचार्य - संयुक्त अधिराज्य
राम प्रताप थापा - जर्मनी
सोनाम लामा - संयुक्त राज्य अमेरिका
खगेन्द्र जिसी - संयुक्त राज्य अमेरिका
क्याप्टेन हितमान गुरूङ् - संयुक्त अधिराज्य
समितिः
अध्यक्ष: दुर्गा आचार्य - अष्ट्रेलिया
सदस्य सचिव: नारायण काफ्ले - अष्ट्रेलिया
सदस्य:
सोम सापकोटा - संयुक्त अधिराज्य
गंगाधर गौतम - बेल्जियम
ओम गुरुङ - जापान
चिन्तामणि सापकोटा - स्पेन
बुध्दीसुवेदी-संयुक्तराज्य अमेरिका
नन्द गुरूङ - अष्ट्रेलिया
शिबमणि भुर्त्याल - रसिया
डा रुद्र अर्याल - संयुक्त राज्य अमेरिका
आर के त्रिपाठी - संयुक्त अधिराज्य
गुणराज पौडेल - स्वीटजरल्याण्ड
वेद खरेल - संयुक्त राज्य अमेरिका
पशुपति भण्डारी - संयुक्त अधिराज्य
भक्त गुरूङ् - संयुक्त अधिराज्य
शानिकुमार ओली - कतार
धन्यवाद ।
दुर्गा आचार्य
उपाध्यक्ष, गैरआवासीय नेपाली संघ, असप
एबम्
संयोजक, नेपाली नागरिकताको निरन्तरता समिति