संगै पढेका साथीहरू को कहाँ पुगे। को के गर्दैछन् थाहै नहुने। बीस वर्ष जति भो नि त एसएलसी दिएसी छुटेका हामी। एक जना साथीले मेसेन्जर ग्रुप बनाएछन्। भटाभाट जोडिन थाले। गफिन थाले। कुनै सरकारी जागिरमा। कुनै परदेश। कुनै घरदेश घरगृहस्ति सम्हाल्दै। परिवार धान्दै रचन्।
एक जना चाहि बुटवलमा बसाई गर्दिरहेछिन्। म पनि उतै। शनिबारको दिन पारेर फूलबारीतिर भेटौं न भनी। लौ तनि भनेर सहमति जनाएँ।
शनिबार पनि आयो। गईयो गुटुङ्ग टुङ्ग। भेट भो पनि। फूलबारीतिर सालघारीको छहरीमा बसेर विगतका कुरा चलो। वर्तमानका दैनिकी र गुजाराका कुरा भयो। खुशी रहेछिन् मै भन्दा गतिम्ला लोग्ने पाईछु ठान्दारहेछिन्। कुरै कुरामा प्रसङ्ग बस।
"प्रेमको डायरी ल्याउनु भाच ?" उनले सोधिन्।
"ओहो! म संग त छैन त प्रेमको डायरी त। पहिल्यै भन्न पर्दैनथ्यो?" प्रेम अचेल रामपुरमा बस्दा रचन्। भेट नभाको पनि यत्तिका साल भो। पहिल्यै खवर गर्या भए रामपुरबाट बुटवल आउने बसमा पठाई दे भन्थे नि मैले!" आत्तिदै भनेँ।
"तपाईं कस्तो मान्छे हौ ? मैले त्यो प्रेमको कुरा गर्या छु ? यस्तै दिमाग देखेर नै म पछि नलाएकी!!" मुख बिगार्दै बोलिन्।
"पछि लाए भा त। संगै हुन्थेम होला भो। भेट्नलाई किन यहाँ फूलबारी सम्म आउन पर्थ्यो। कुन प्रेमको डायरी भन्या रे ?" मैले नबुझेर कोट्याएँ।
"हाम्रो प्रेमको डायरी क्या। त्यो पनि नबुझे, हामी दुई ईल्लुबिल्लु प्रेम (लभ) गर्ने बेलामा डायरी पठाएको थिएँ नि मैले ? त्यो!"
"ए, ए,!!🤦♂️ थैट.....त्यो पो ? छ नि घर मै। मैले त हामी संगै पढ्ने प्रेम थियो नि। हो... उसको कुरा पो गरिरहको। भुलेकी छैनौ नि जसले हाम्रो चिठ्ठी ओसारपसर गर्ने हुलाकीको काम गर्थे बिचरा। कहिलेकाहीँ चुईगम खुवाएको ज्यालामा।🙈
यदि विद्यार्थी जीवनको प्रेमको डायरी पढ्ने नै रहर भए Bharat Acharya दाजुको प्रेमको डायरी "मैले नलेखको चिठ्ठी" अंक- १७ औं भागमा पुगेको छ फेसबुकमा खोजेर त्यही पढ्दा भो" मैले ठट्टा गर्दै भनिदिएँ।
"यस्ता संग संगत गर्या भा जिन्दगी खरानी हुने रहेच। धन्न...!" रिसाउदै बोलिन्। म तिर नफर्केर अनवार खस्यौली बजारतिर पारिन्। म मेरो नपरेको अनवार चाहिँ सिद्धबाबा भिरतिरथ्यो।
"त्यत्ति साह्रै नभन न।" तिम्ले खरानी हुन डर लागेर मलाई छोडेर गएकी रहेछ्यौ। मेरी ले मेरो बानी बेलैमा पत्ता लगाएर खरानीको सट्टा सुन बनेर बसेकी छिन्। हरेक बस्तु पोल्दैमा खरानी नै हुन्छ भन्ने नहुँदो रहेछ। सुनलाई जति पोल्यो/ततायो। त्यसपछि पगालेर अनेक आकार/ रुप बनाउन सक्ने रहेछ। यत्ति हो कसैले खरानी बनाउलान्। कसैले सुन्दर/ आकर्षक गरगहाना बस्।"
मेरो कुरा सुनेर उनले एउटै शब्द बोलिन्-"नाटक!"
मैले फकाउदै भने, "नरिसाऊन, मुस्कुराउँदै हेरिदेऊ न त एक पटक।"
त्यसपछि उनको खरानी हुने डर लाएको मन र ज्यानलाई चिसो पार्न एकुन्टा पेप्सी मगाएर चिसचिसो घुट्क्याएका थियौं। र कुनै दिन भेट्ने बाचा गरि साँझ छुट्टिएका थियौं। र साझा तर अलिखित सम्झौता पनि थियो- उनको र मेरो ले कुनै हालतमा चाल नपाओस्। र थाहा नपाओस्।😛
तर हामी त एकान्त कोठामा भेटेको त होईनम भो। भेट्दैनौं पनि। खुल्ला चौर मै हो भेटेर छुट्टिएको। उनको पनि घरपरिवार छन्। मेरो नि छन्। हामीलाई थाहा छ जमेको घरजम बिगार्न हुन्न। बुझ्नो भो नि ? उल्टो नबुझ्नु होला। सुल्टै बुझ्दा तपाईहरू गलत हुनुहुने छैन।
- गन्थन मन्थन डटकम।