Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एनआरएनए जापानको विवाद समाधान भयो (निर्णय सहित)

एनआरएनए जापानको विवाद समाधान भयो (निर्णय सहित)

नेप्लिज डायस्पोरा

३१, श्रावण २०७९
images
एनआरएनए जापानको विवाद समाधान भयो (निर्णय सहित)

एनआरएनए एनसीसी जापानको विवाद समाधान भएको छ । गएको अधिवेशनमा फर्जि सदस्य बनाएको र फर्जि मतदाताले मतदान गरेको भन्दै एनआरएनए जापानमा लामो समय विवादमा थियो ।

"सहकार्य र एकताको संदेश सहितको गैरआवासीय नेपालीसंघको भावना अनुरुप गैरआवासीय नेपाली संघ जापानमा देखिएका विवाद र असमझदारीलाई पनि समाधान गरी संघलाई एकताबद्ध बनाउने पवित्र उदेश्यले देहाय अनुसारको सहमति गरिएको छ ।" एनआरएनए अभियन्ता बलराम श्रेष्ठले आफ्नो फेसबुकमा लेख्नुभएको छ ।

एनआरएन जापानको बिबाद आज आई सिसि ३ नै जना अध्यक्षहरु कुल आचार्य रबिना थापा र डा.बद्रि केसी लगायत सम्पूर्ण केन्द्रिय पदाधिकारीको समन्वयमा जापानको शिब प्रसाद पौडेल समुह र अनिता गुरुङ समूह बीच भद्र सहमति बीच सम्पन्न भएको हो बैठकमा सहभागी एक सदस्यले बताए ।

मिति २०२१ जुलाई ३० तारिखमा भएको निर्बाचनको धादली र गल्ति लाइ दुवै पक्षकोले सुन्य बनाएर एनआरएन जापानको सस्थाको अवस्थालाई २०२१ जुलाई २९ तारिखको अबस्थामा फर्काएर दिन सोहि दिनको जगमा टेकी शिब प्रसाद पौडेलको अध्यक्षतामा नब गठित कार्यसमितिलाई चयन गर्ने र अनिता गुरुङलाइ उक्त कार्यसमितिको संरक्षक बनाउने सहमति भएको छ ।

सहमतीकै आधारमा सस्था संचालन गर्ने र सस्थाको बिभिन्न पदाधिकारी र समितिहरुमा चयन गर्नको लागि ओम गुरुङको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ भने अन्य दुई सदस्यहरुमा शिब प्रसाद पौडेल र अनिता गुरुंग रहने छ र यो ३ सदस्यीय समितिले नब गठित कार्य समितिको सम्पूर्ण नावावली तय गर्नेछ र यसरि सबै नावावली तय भैसकेपछि सेक्टेम्बर १५,२०२२ सम्ममा केन्द्रिय सम्रक्षक भट्टबाट सपथ ग्रहण गर्ने निर्णय गरिएको छ ।

 

सहमतिका बुंदाहरु यस प्रकार छ।

सहमति को बुदाहरु :
१) मिति २०२१ जुलाई ३० मा सम्पन्न NRNA Japan को निर्वाचनको विषयमा विवाद उत्पन्न भै अत्यन्तै विषम परिस्थिति सिर्जना भएको र निर्वाचनका सन्दर्भमा भएका बिभिन्न घटनाहरु द्वारा देश, विदेशमा रहनु भएका नेपालीहरु प्रति यस अवधिमा भएका असुविधा, अन्योलता एवं गैरआवासीय नेपाली संघमा पुग्न गएको अपूर्णय क्षति प्रति आत्मालोचना गर्दै, यस अवधीमा भए गरेका सवै घटनाक्रम हरुमा भएका कमि कमजोरीहरुलाई आत्मसाथ गर्दै गत २०२१ जुलाई २९ तारिखको अवस्थामा फर्केर सोही जगमा टेकी नब गठित शिव प्रसाद पौडेलको कार्यसमितिलाई चयन गर्ने र अनिता गुरुङलाई उक्त कार्यसमितिको संरक्षक वनाउने। त्यसैगरी अनिता गुरुङ समूहमा रहनुभएका अन्य व्यक्तिहरुलाई आवस्यकता अनुशार सल्लाहकार एवं विभिन्न विभागहरुमा चयन गर्ने ।


२) एनआरएन जापानको आगामी २०२३-२०२५ कार्यकालको निष्पक्ष, धाँधली रहित निर्वाचन गर्नका लागि अधिकार सम्पन्न अनुगमन समिति, निर्वाचन समिति, सदस्यता व्यवस्थापन समिति लगायत अन्य आवश्यक समितिहरु गठन गर्ने ।


३) निष्पक्ष निर्वाचन, निर्वाचनको विश्वासनियता र सर्वस्वीकार्यता हुनेगरी सदस्यता वनाउने । साथै NRNA ICC ले प्रयोगमा ल्याएको MIS System को विश्वासनियता र Personal Information Protection को प्रत्याभूतिको सुनिश्चितता गरी प्रयोगमा ल्याउने ।
४) संघको खाता वाहिर रहेको संघको सम्पूर्ण रकम तत्काल संघको खातामा ल्याउने ।


५) गैरआवासीय नेपाली संघको भावना अनुरुप सहमतिको आधारमा संस्था संचालन गर्ने र संरक्षक, सल्लाहकार तथा विभिन्न समितिहरुमा मनोयन गर्नका लागि ओम गुरुङको संयोजकत्वमा ३ सदस्यीय समिति देहायअनुसार गठन गर्ने ।
1. ओम गुरुङ (संयोजक)
२. शिवप्रसाद पौडेल (सदस्य)
३. अनिता गुरुङ (सदस्य)


यो ३ सदस्य समितीले तय गर्न नव गठित कार्य समितीको सम्पूर्ण नामावली र सेट्टेम्वर १५ सम्म संरक्षक भवन भट्ट जी बाट सपथ ग्रहण गर्ने निर्णय गरियो ।


सहमति संयोजक
भबन भट्ट -सम्रक्षक एन आर एन आई सिसि
साक्षिहरु-
१. महेश श्रेष्ठ -उपाध्यक्ष एन आर एन आई सिसि
२. ओम गुरुङ -उप महासचिब एन आर एन आई सिसि
३. डिपी कंडेल -एसिया संयोजक आइ सी सी
४. ददिवाल खडका -क्षेत्रीय उप संयोजक
५. डा.बलराम श्रेष्ठ -सल्लाहकार
६. सरोज कुमारी खत्री -सल्लाहकार
७. विजय थकाली -एन बि ए अध्यक्ष
८. बुद्दिराज घिमिरे -सल्लाहकार
९. शालिक राम भण्डारी-सचिब अध्यक्ष मण्डल
१०. पत्रकार मित्रहरु
११. सामाजिक अभियन्ताहरु

साथीहरु हामीले जापान एन आर एन मा हुदै आई रहेको बिथिति लाइ सच्याएर लगौ भन्ने अभियान लाइ सकार परेका छौ । जापान ए आर एन को यो एउटा ठुलो उपलब्धि हो । यसमा अनिता गुरुङ समूह र शिब प्रसाद पौडेल समूह को रुपमा कुनै द्वेष राक्नु पर्दैन अब एकता को सन्देश दिन सबै जना मिलेर जापान मा बस्ने गैर आबासिय नेपाली को समस्या लाई सम्बोधन गरौ र नेपाली अनि नेपाल को बिकाश, एकता र अहिले रास्ट्र मा परिरहेको आर्थिक संकट लाई हामी परदेश मा बसोबास गर्न गैर आबासिय नेपाली हरुले कसरि सहयोग गर्न सकिन्छ भनेर काम गरौ !


प्रत्यक्ष अप्रत्यक्ष हामीले लिएको एन आर एन अभियान र सामाजिक न्याय को यो अभियान मा सहयोग गरेर हामीलाई उत्साह दिनु हुने साथै हामीले ले लिएको बाटो लाई औल्याएर कमेट्स गरेर स्वस्थ आलोचना गरेर भए पनि ट्रयाक छोड्न नदिने सुभ चिन्तकहरु को कारण ले एन आर एन ले लिदै गरेको गलत बाटो लाई सच्याएर एउटा राइट ट्रयाक मा हिड्न र हिडाउने हाम्रो प्रयास जारि छ , तपाई सम्पूर्ण साथीहरु को अझै पनि साथ र सहयोग संगै हामी नेपाल र नेपाली को विकास र सम्ब्रिदी को अभियानमा सधैको लागि रहने कुरामा बिस्वास गरेका छौ ! यो सबै एन आर एन मित्रहरुको एकताको जित हो !

डा.बलराम श्रेष्ठ
जापान एनआरएन

93AEBBEE-5CAF-4CF1-912B-1D5A00DA40A8.jpeg
454FB63E-1297-4A3D-853A-024155A56454.jpeg

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - २३:३६:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend