वल्लो खोला पल्लो खोला धुर्सीलाको फुस्रो पात
सुन्नु होला बाबा आमा पार्सी मेरो बात ।
कोदो मैले पिसिन मकै मैले पिसिन
धान कुट्नु पर्दैन घरै मिसीन ।
ठुलो मिल त केहो बाबा लाम्चो मिल नी थाछैन
घरैको डल्ले मिल ले पालो पाछैन ।
दैल पोत्नु पर्दैन सिमन्टी ढलाई छ
आगो फुक्नु पर्दैन स्टोभ जलाई छ ।
पानी बोक्नु पर्दैन घरै मुनी पधेंरो
चोटा कोठै बीजुली ले छैन अंधेरो ।
घर जाने बाटो पनी काने दुनो जस्तो छ
हेर्न हिड्नुस् बाबाले घर कस्तो छ ?
खोलीको किनारमा रैछ घर घुमाउने
कामी दाईको आरन भन्न सुहाउने ।
सधै मिठै खाईछु बाबा नमीठो नी खाछैन
सेतो र सीतो त देख्नै पाछैन ।
सधै राम्रै लाईछु बाबा नराम्रोनी लाछैन
टालेको खद्दरले पालो पाछैन ।
यती कुरा भने मैले बाबा आमा हरूलाई
मलाई भन्दा सुख होला जोत्ने गोरूलाई ।
