गजल ,
खतरामा उभिएपनि आफूलाई खतरा लागेन
फूल जस्तो जवानीमा कसैको आँखा लागेन
~~
मन रङ्गिन भयो तिमी जिन्दगीमा आएपछि
मेरो खुसी उजाडिएको जिन्दगी सादा लागेन
~~
सपना छ आकाश ओढेर त्यो छातीमा सुत्ने
यसकारण महल छोड्दा केहि चिन्ता लागेन
~~
जल्नु थियो मलाई दियोमा पुतली जले झैँ
त्यसैले तिमी प्रति कहिले पनि शंका लागेन
~~
न कमि भयो कहिले न कमि हुन दियौं कहिले
तिमीलाई पाएपछि मलाई मेरो माया लागेन