Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

वुद्धि सवेदी बाल्टिमोरमा !

वुद्धि सवेदी बाल्टिमोरमा !

नेप्लिज डायस्पोरा

१८, भाद्र २०७९
images
वुद्धि सवेदी बाल्टिमोरमा !

एनआरएनए अमेरिकाका अध्यक्ष वुद्धि सुवेदी बाल्टिमोर पु्गेका छन् । मेरिल्याण्डको बाल्टिमोरमा यहि ३ देखि ५ तारिखसम्म हुने रुप स्मृती एण्ड साथी कप २०२२ क्रिकेट टुर्नामेन्टको लागि सुवेदी बाल्टिमोर पुगेका हुन् ।

एनआरएनए अमेरिकाले बाल्टिमोरको चर्चित संस्था साथी बाल्टिमोरसंग मिलेर यो टुर्नामेन्टको आयोजना गरेको हो । एयरपोर्टमा सुवेदीलाई एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थ,  साथी बाल्टिमोरका अध्यक्ष रमेश भट्ट नेपाली छोरो, एनआरएनए अमेरिकाका सचिव अनुप खनाल लगायतले स्वागत गरेका थिए ।

सुवेदीले बाल्टिमोरमा रहदा एनआरएनए अमेरिकाको आफ्न भवन खरिद गर्ने बिषयमा यहांका सामाजिक अभियन्ता र व्यवसायीहरुसंग परामर्श गर्ने बुझिएको छ । 

केहिदिन अगाडी नेप्लिज डायस्पोरासंगको लाईभ कार्यक्रममा अध्यक्ष सुवेदीले यो जानकारी दिएका थिए ।

टुर्नामेन्टको सम्पूर्ण तयारी सकिईसकेको साथी बाल्टिमोरले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १८, २०७९ शनिवार - ०९:१०:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend