एनआरएनए अमेरिकाको आफ्नै घर किन्ने प्रक्रिया अगाडी बढेको बेला बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थलाई अर्थ समितिको संयोजक बनाईएको छ ।
घर खरीद गर्ने प्रक्रिया अगाडी बढे लगत्तै बसेको कार्य समितिको बैठकले पन्थलाई यो जिम्मेवारी दिएको हो । कार्य समितिको बैठकमा अध्यक्ष वुद्धि सुवेदीले पन्थलाई संयोजक बनाउने प्रस्ताव अगाडी सारेका थिए। समितिका सबैले यो प्रस्तावलाई एकमतले पारित गरेका थिए ।
भर्जिनियाको फेयरफ्याक्समा एनआरएनएका लागि एउटा घर खरीद गर्ने प्रक्रिया अगाडी पढेको बुझिएको छ । २ लाख ८८ हजारमा खरीद गर्न लागिएको घरमा तीन कोठा सहितको एउटा हल वे पनि छ ।
अर्थ समितिको संयोजक बनेपछि नेप्लिज डायस्पोरासंग कुरा गर्दै बरिष्ठ उपाध्यक्ष पन्थले यो जिम्मेवारीले अवसर थपेको प्रतिक्रिया दिए ।
"म एनआरएनएको घर नगदै किन्नेगरी सबैसंग सहकार्यको लागि आव्हान गर्दछु ।" पन्थले भने ।