मनको पबित्र दियो निभाई अध्यारो पार्छौ किन?
भावि सुन्दर सन्देस बोक्ने सृजना मार्छौ किन?
पूर्णताको खोजीमा यो अल्पज्ञान आधुनिकताको
सबै कर्मको मर्म नसोधि तिमी सेवा टार्छौ किन ?
हैसियतको हवाला दिने दलबल चल्छ कतिन्जेल
खोजे भेटिन्छ गुण सबैमा मात्र दोष सार्छौ किन?
संगम संयोग यो जीवनको बुझ्ने हिक्मत कसेपछि
गन्तव्य चुम्न लम्किने पाइला नटेक्दै झार्छौ किन ?
सुत्र र मंन्त्रमा शब्द संसार अनि अर्थमा व्यबहार बने
तर्कमा दुनियाँ जित्ने तिमी आफैसंग हार्छौ किन ?
बोली बोल्दै झोली भरिदैन अकारण शरण परिदैन
त्यो समानता देख्न भोग्न नपाउदै तिमी बार्छौ किन ?
मनको पबित्र दियो निभाई अध्यारो पार्छौ किन ???