बालेन ! बालेन !! बालेन !!!
यो हुटिङ्ग हजारौँ हजार जनताका भिड बाट निस्केको हो । जहाँ काठमाण्डौका सर्वाधिक लोकप्रिय मेयर बालेन साह थिए। संस्कृतिका धनाढ्य नेवारी समुदायको विशेष चाड मानिने ईन्द्रजात्रामा सहभागि हुन आफ्ना प्यारा नगरबासीशुभचिन्तकहरूसँगै पैदाल पुगेका बेला गरिएको स्वागत थियो । जबकि, राष्ट्रपती बिद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत धेरै मन्त्रीहरू तथा राष्ट्रका विशिष्ट व्यक्तिहरू अङ्गरक्षकसहित झन्डा फर्फराउँदै त्यहाँ पुगेकोदेखियो । तर उनीहरू अपरिचित पाहुनाहरू जसरी गए र गजक्क परेर आसन ग्रहण गरेर बालेनका प्रसम्सकहरूकोभिडभित्र बालेनलाई हेरी रहे ।
के अब नेपाली जनतामा पुराना शैलीका आफ्ना नेताप्रति सम्मान र विश्वाश पूर्णरूपले हराइसकेको हो त ? या बालेनकाएक पछी अर्को प्रशंसनीय कार्यहरुले गर्दा अन्य सबै नेताहरू ओझेलमा परेका हुन् भन्ने कुरा बिचारणीय बने मेरा लागि ।बालेन मेयर बनिसकेपछिका जोखिमपूर्ण कार्यहरू एकपछि अर्को चर्चाका विषय बनिरहेका छन् ।
नहोस पनि कसरी ! साँढे एक्लै सिँगौरी खेल्दै सबैलाई पल्टाउँदै हिड्छ । तर बालेन डोजरका साथ नगर प्रहरीकाडफ्फासहित हिँडछन् । फरक यति मात्र हो कि– साँढे अन्धाधुन्द फाँडदै हिड्छ , बजार्दै हिँड्छ । तर,बालेन भने अवैधरूपमाठड्याइका घरटहरामा मात्र खोजीखोजी डोजर चलाउँछन् र भत्काउँछन् । धनीका भवन हुन् या गरिबका सडक पेटिकापसल, सबैलाई भत्काइदिन्छन् । उनकोे नजरमा गरिब र धनी सबैका लागि समान कानून छ । अवैध भनेपछि अवैध हो ।बस् ।
यसको अन्त कुनै बाधाअड्चनबाट होला या उनले सोचेझैँ निमिट्यान्नै पार्न सकेपछि होला । त्यो त सायद भगवान्लाई पनिथाहा नहोला । उनलाई थाहा हुने त कुरै भएन । नेपाल न हो । जे पनि हुन सक्छ । पिडित भनिएका जनताको चर्को विरोधखप्न सके पनि सत्ताधारीहरूको बैन्डबाजासँगै लट्ठिएर नाँच्ने न्यायालयको ठाडो आदेशको उल्लङ्घन गर्न उनी पनिसक्दैनन् ।
विगतमा डा. बाबुराम भट्टराईले आफू ओहोदामा बस्दा धेरै गरेका थिए । जसले काठमाण्डौको केही हदसम्म मुहारफेरिएको छ । पार्टीका अन्य साथीहरूको कुरा पनि सुन्नु पर्ने र उनीहरूको चित्त पनि बुझाइदिनु पर्ने वाध्यता थियो । त्योअसहज परिस्थितिका बीच आफूले चाहेजति गर्न सके या सकेनन् उनैलाई थाहा होला । तर , स्वतन्त्र मेयरले त्यस्तोपरिस्थितीको सामाना गर्नु पर्दैन । यस अर्थमा पनि बालेनसँग जनताले धेरै अपेक्षा राखेका छन् ।
यसो त उनको बाटोमा जय नेपाल सिनेला हल, लक्ष्मी बैँक पनि सिकार बनेका छन्, एक पछि अर्को गरी । कामले कामसिकाउँदै छ । लहरा तान्दा पहरा गर्जन्छ भनेजस्तै भइरहको अवस्था छ ।
सर्र्सर्ति हेर्दा हुनेखानेले नै बढी कानून मिचेको पाइएका छन् । जुन वर्षौंदेखि प्रयोग गरी खाईपाई आएको भेटिए । कोहीलेआफ्नै पाखुराको बलले तर्साउँदै त कहिले ठुला भनाउँदा नेताहरूको सँरक्षणमा भएका भेटिएका छन् । कतैकतै नेताभनिनेहरू नै कर्ता बनेको भेटिएका छन् भने अझै अरु पनि नभेटिएलान् भन्न सकिंदैन ।
यो अभियान चलेदेखि वर्षौँैँदेखि नगरपालिकालाई तिर्नु पर्ने कर तिर्न अटेरी गरी बसेका व्यवसायीहरू नगरपालिकामागएर खनखनी करको रकम बुझाउँन थालेका छन् । सरकारले कानूनको कार्यन्वयन गर्न सके त जनताले पालना गर्दारहेछन्भन्ने यो ज्वलन्त उदाहरण हो ।
यसरी भात्काईएका एउटा एउटा भवनको मालिकलाई पर्न गएको मर्का भए पनि सिङ्गो नेपालको कानूनका रक्षकहरूलाईभने दरिलो हिम्मत बनेको छ । उनिहरूले कानूनको रक्षा गर्न खोज्दा सासकहरूको दबाबमा आफ्नो जिन्दगीमै भुईचालोआउन सक्छ भनेर डराउँनु पर्ने अवस्था अहिले देखिएको छैन । कानूनले दर्याएको छाती फुलाउँदै शिरमा राष्ट्रको मायासाँचेर राष्ट्रगान सम्झिँदै बाँच्न सकिरहेका छन् रक्षकहरू अचेल ।
जुन देशमा कानूनको पूर्ण रूपमा र कढाइका साथ पालना हुन सक्दैन, त्यो देशमा शान्ती, सुरक्षा र सुव्यवस्थाको कल्पनालेसार्थकता पाउँन सक्दैन । सबै खाले राष्ट्रिय र अन्तरर्राष्ट्रिय गैर कानूनी धन्दाका खेलाडीहरूको सल्बलाउने थलो बन्छ ।
अहिले बालेन जुन रफ्तार र जोशका साथअघि बढीरहेका छन्, उनकोे पछाडिको शक्ति कती दरिलो छ भन्ने कुरालेमहत्व राख्दछ । सर्ब बिधितै छ आम युबाहरूको जोशले उनकोे जोशलाई उर्जा थपीरहेको छ । त्यतिले मात्र उनी पूर्णसफल हुन्छन् भन्न कठिन छ । अन्य शक्तीहरूको पनि साथको जरुरत पर्छ । किनकी उन्लाई असफल सवित गर्ने अन्यराजनीतिक दलहरूबाट पनि अनेक तिक्डमबाजीहरू हुन सक्छन् ।
पुरा जिन्दगी नै नेपाली राजनीतिमा बिताएर अनुभवी छौँ भन्दै गजक्क फुल्नेहरू चुपचाप आँटीको खोपीभित्र मुसा पसेझैँत्यति सजिलो कहाँ पस्लान र ! चुनाव नजिकिएकोले मात्र पो मुखमा बुजो लगाएर बसेका होलान् । सास रहुन्जेल चुनावजित्ने आश त होला नि ? अनि आफ्नो ताण्डव नृत्य नदेखाउलान् भन्न सकिँदैन, रवी लामिछनेलाई फसाउँन खोजे झैँ ।रवीको के कुरा आफ्नै सहकर्मी साथी महरालाई सभामुख पदमै हुँदा त जेल हाले ।
यो कामको सुरुवात जुन आकारको सोचसहित भएको भए पनि यस्को अन्त पूर्ण विकसित सुन्दर कान्तिपुर नगरी बन्नसकोस् । हामी समस्त नेपालीलाई मात्र नभएर विश्वका पर्यटकहरू मन्त्रमुग्ध हुन सक्ने पर्यटन स्थल बन्न सकोस् । हामीपरदेशीहरू पनि आफ्नो घर परिवार भेट्न एक महिनाको समय छुट्याउनेहरूले अब सफा सुन्दर सुविधायुक्त काठमाण्डौकोआन्तरिक पर्यटनमा रम्नलाई अर्को एक महिनाको थप समय बिताउन मन लाग्ने ठाउँँ बन्न सकोस् ।
यो कल्पनामा डुबेर रमाउँदै गर्दा “दशैँको मुखमा हाम्रो पसल भत्काई दियो“ भनी बिलौना गरेको भिडियो देखेको थिएँ ।कल्पनामा फुरुङ्ग भइरहेको मन अचानक भावुक बन्यो । सोच्दै थिएँ । अवैध रूपमा बनेका सँरचनाहरूमा डोजर चल्दाहामी मारमा प¥यौँ भन्नेहरूप्रति मेरो भन्नु केही छैन । कानूनको पालना नगर्नेले सजाय भोग्नै पर्छ ।
भाडामा लिनेले पनि राम्ररी बुझेर लिनु पर्ने थियो । त्यसैले गल्ती उनीहरूकै हो । अब जे जति गुँनासो या क्षतीपूर्तिको दावीगर्ने हो त्यो विषय घरबेटी र भाडावालको हुनुपर्छ । घरबेटीले न्यायपूर्ण व्यवहार गरेनन् भने नेपालका न्यायालयहरू न्यायदिन तयार हुनुपर्छ ।
बाँकी रह्यो सडकपेटीका व्यापारीहरूका समस्या । यस्मा हामी समस्त नेपालीको आँखाले हेर्ने मात्रै होइन, मनले पनिविचार गर्नु पर्ने बेला आएको छ । हो सडक पेटीको ब्यापारिक अतिक्रमणले पैदल यात्रुहरूलाई असुविधा हुन्छ । विदेशीपर्यटकहरूले हेर्दा काठमाडाँैमा गरीबी देखिन्छ । त्यसैले हटाइएको होला भन्ने मेरो अनुमान छ ।
तर एकछिन शान्त दिमागले सोचौँ त ! वर्षौँदेखि त्यही सडकपेटीमा व्यापार व्यवसाय गर्दै आफ्ना लालाबाला हुर्काएकाकुरा पनि त हामीले देखेकै छौँ, बुझेकै छौँ । हामीले त यो पनि देखेका छौ बेला बेलामा नगर प्रहरी आएर सबै सामानउठाएर लगिदिएको । पिडितहरूसँग अरु विकल्पहरू हुन सक्छन् । तर, यी बिचराहरूको विकल्पको जोहो गरी दिनु हाम्रोकर्तव्य होइन र ?
सडकपेटीका मात्र नभएर पुरा सडक नै ढाकेर पनि व्यापार व्यवसाय गर्न पाउने व्यवस्था धेरै देशहरूले गरेको पाइएको छ ।तर त्यस्तो प्रायोजनका लागि सरकारले स्थान र समय तोकी दिएको छ । हप्तामा केही दिनमात्र त्यसो गर्न दिनछन् । तरहप्ता भरिनै चलाऊन मिल्ने गरी ठाउ–ठाउँमा फ्ली मार्केटको व्यवस्था गरिएको हुन्छ । हामीले पनि यसै गर्न सके कसो होला?
मलाई लाग्दैन कि बालेन शाहजस्ता दुरदर्शी मेयरले यति कुरा बुझेका छैनन् होला, देखेका छैनन् होला, या उनीसँग यसकोसमाधानको उपाय छैन होला भन्ने । बरु यस्लाई प्राथमिकतामा राखेर अलि छोटो अवधिमै उनीहरूका लागि बाँच्नेआधारको वैकल्पिक व्यवस्था गरिदिन सके भने अहिले जुन हातले बालेनलाई घारे हात लगाएका छन् त्यही हातमा अर्कोहात जोडेर हार्दिक नमस्कार गर्ने छन् । त्यो देखेर हामी परदेश बाट पनि सलाम गर्ने छौँ ।