Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकामा दुर्घटनामा ज्यान गुमाएका नेपाली उबर ड्राईभरका परिवारले इन्सुरेन्सबाट चार लाख सत्तरी हजार डलर पाए

अमेरिकामा दुर्घटनामा ज्यान गुमाएका नेपाली उबर ड्राईभरका परिवारले इन्सुरेन्सबाट चार लाख सत्तरी हजार डलर पाए

नेप्लिज डायस्पोरा

१३, आश्विन २०७९
images
अमेरिकामा दुर्घटनामा ज्यान गुमाएका नेपाली उबर ड्राईभरका परिवारले इन्सुरेन्सबाट चार लाख सत्तरी हजार डलर पाए

जीवन बीमा गरेको एक हप्ता मै निधन भएका अमेरिकाका एक नेपाली यूवाको परिवारले बीमा बापतको पुरै चार लाख सत्तरी हजार डलर प्राप्त गर्न सफल भएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत डिसेम्बरमा सवारी दुर्घटनामा निधन भएका सुनील बराईलीको परिवारले उक्त रकम पाउन सफल भएको हो ।

निधन हुनु अगाडी सुनील बराईलीले जीवन बीमाका लागि कन्ट्र्याक्ट गरेपनि हेल्थ चेकअप र बांकी काम नभएको भन्दै शुरुमा बीमा कम्पनीले बीमा बापतको रकम दिन मानेको थिएन । तर सुनीललाई बीमा गर्न सहयोग गर्ने ईन्सुरेन्स प्रोड्युसर (बीमा अभिकर्ता) कुशल श्रेष्ठ र राईज टिमका सिईओ नरेश केसीको बिशेष पहलमा उक्त रकम प्राप्त गर्न सफल भएको सुनीलकी श्रीमती सुनीता बराईलीले बताईन । 

720C10DB-66E6-44EE-B684-F1AFD5A353E3.jpeg

“सुनीलले दुईटा ईन्सुरेन्स गरेका रहेछन । एक लाख सत्तरी हजारको इन्सुरेन्स तीन बर्षदेखि चलेकोले एक महिना मै रकम खातामा आयो । तर अर्को ईन्सुरेन्सको लागि अलि धेरै प्रकृया पुर्याउनु पर्यो ।” राईज टिमका फाउण्डर तथा सिईओ नरेश केसीले बताए । “ईन्सुरेन्सका लागि साईन गरेर पठाएपनि मेडिकल नभएकोले पहिलो किस्ता नै सुनीलको खातामा फिर्ता भईसकेको थियो । तर हामीले त्यो पैसा उनको परिवारलाई ल्याउन सफल भयौं ।” नरेश केसीले भने ।

85C620AC-B43D-4983-A724-7529A1FC3838.jpeg
नरेश के.सी.

“दुर्घटनामा निधन हुनुभन्दा एक हप्ता मात्रै दाईलाई ईन्सुरेन्सको बारेमा बुझाएर फाराम भरेर पठाएको थिएं । बांकी प्रक्रिया हुदै थियो । अचानक उहांको दुखद निधन भयो।” ईन्सुरेन्स एजेण्ट कुशलले भने ।

कुशलले अगाडी थपे, “खासमा बच्चाहरुको ईन्सुरेन्स गर्न भनेर कुरा शुरु भएको थियो । पछि हामी गाडी चलाउने मान्छे, केही भईहाल्यो भने भन्दै दाईले आफ्नै नाममा गर्ने भन्नुभयो । जीवनको के भर ! एक हप्ता मै उहांले संसार छाडेर जानुभयो।”

विभिन्न देश हुदै सन् २०१३ को अन्तिमतीर अमेरिका आएका सुनीलको सन् २०१८ मा कागज बनेको थियो । सुनिलले लगत्तै श्रीमती, छोरा र छोरीलाई अमेरिका बोलाएका थिए। पढ्ने उमेरका छोराछोरी भएकाले श्रीमतीले पनि काम गर्न पाएकी थिईनन । सुनील एक्लै काम गर्दथे ।

परिवार आएपछि नै कोरोना महामारी शुरु भएकोले केही महिना कमाई भएन । सुनीलले काम गरिरहेको पिजा कम्पनी पनि छाडे । अनि उनले उबर ड्राईभर भएर गाडी चलाउन थालेका थिए । उबरबाट आएको पैसाले घर धानेको थियो ।

3EB3790D-A267-490B-965F-87830F159C31.jpeg
कुशल श्रेष्ठ

“अमेरिकामा स्थायी बसोबासको कागज बने लगत्तै उहांले एक लाख ७० हजार डलरको बीमा लिनु भएको रहेछ ।” डब्लुएफजी (WFG) कम्पनीका ईन्सुरेन्स प्रोड्युसर (अभिकर्ता) कुशल श्रेष्ठले जानकारी दिए । उनले थपे, “पछि उहांले परिवार र छोराछोरीको लागि ईन्सुरेन्स गर्न भनेर मलाई बोलाउनु भएको थियो । ईन्सुरेन्सको नियममा बाबुआमाको ईन्सुरेन्सको अनुपात हेरेर मात्र बच्चाको ईन्सुरेन्स गरिन्छ । बुबाकै कम भएकोले बच्चाहरुको ईन्सुरेन्स उहांले सोचेको रकमको भएन र उहांकै लागि ३ लाखको थप गरेर पठाएका थियौं ।”

“उहां त 'उबर चलाउंछु । गाडी चलाउंदा दुर्घटना भयो भने उपचार खर्च उबरले दिन्छ र मरियो भने पनि उबरले मिलियन डलर दिन्छ ।' भन्दै हुनुहुन्थ्यो ।” कुशलले थपे, "अधिकांश उबर ड्राईभरलाई यहि विश्वास छ । तर उहाले उबरबाट अहिलेसम्म केही पनि पाउनु भएको छैन । बरु हामी अहिले परिवारलाई धेरै रकम निकाल्न लडिरहेका छौं ।”

बीमाको रकम प्राप्त गरेपछि बराईलीको परिवारमा आर्थीक समस्याको समाधान भएको छ । “तीन बर्ष अमेरिकामा बिताएपनि हामीलाई केही आउदैन । आएपछि भित्रको भित्रै भयौं । हाम्रो अभिभावक र कमाउने मान्छे नै उहां हुनुहुन्थ्यो ।उहां नै नभएपछि हामी…।” यति बोल्दाबोल्दै श्रीमती सुनीता रुन शुरु गरिन ।

सुनीताले केही बेरपछि फेरि भनिन, “हामी त यहां बस्न मात्र हैन नेपाल पनि फर्कन नसक्ने अवस्थामा थियौं । धन्न उहांले ईन्सुरेन्स गरेर जानु भएको रैछ । त्यो पैसाले हाम्रो परिवारले थोरै राहतको महशुस गरेको छ ।”

“मलाई उहांको अभाव मेरो सास रहदासम्म रहनेछ तर अहिले पाएको पैसाले हाम्रा दुईटा बच्चाको पालन पोषण गरेर खुट्टा टेक्ने बनाउने छु भन्ने आत्मविश्वास बढेको छ ।” सुनीताले भनिन ।

सुनीलको परिवारले ईन्सुरेन्सको १ लाख ७० हजार एक महिना मै पाएका थिए ।

1C878771-983C-4C45-AA57-8F4613BDF836.jpeg
केशव दाहाल

सुनील बराईलीले समय मै ईन्सुरेन्सका बारेमा सोच्दा परिवारले ठुलो राहत पाएको ईन्सुरेन्सका अर्का अभिकर्ता केशब दाहालको भनाई छ ।  उनी भन्छन, “हामी हाम्रो जीवनको घटना र दुर्घट्ना रोक्न सक्दैनौ तर हामीले दुर्घटनापछि हामीमा डिपेण्ड भएको परिवारको बारेमा सोच्न भने सक्छौं ।”

F36430F1-5FB7-4813-993D-54C862FFEBA2.jpeg
श्याम कतिला 

अमेरिकाको नेपाली समाजमा ईन्सुरेन्सका बिषयमा पक्ष विपक्षमा छलफल त भईरहन्छ । तर सुनीलको परिवारको घटना हेर्दा सबैले यस बिषयमा एक पटक सोच्न जरुरी देखिन्छ । "हामीसंग एक पटक सम्पर्क  गर्नुस, समय लगाएर बुझ्नुस । तपाईलाई चित्त बुझ्छ किन्नुस बुझ्दैन नकिन्नुस तर हामीसंग एक पटक जरुर सम्पर्क गर्नुस ।" डब्लुएफजीका मार्केटिगं डाईरेक्टर श्याम कतिलाले नेप्लिज डायस्पोरासंग भने ।

images
प्रकाशित मिति :आश्विन १३, २०७९ बिहिवार - ०१:०१:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend