Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

विश्वास (लघुकथा) -युवराज मैनाली

विश्वास (लघुकथा) -युवराज मैनाली

नेप्लिज डायस्पोरा

१५, आश्विन २०७९
images
विश्वास (लघुकथा) -युवराज मैनाली

धनी हुनु अलग कुरा,असल हुनु अर्कै कुरा। धनी र असल दुवै हुनु सङ्लो जलसागर तर बुझ्ने कतिले? काशी चौधरी ठुला जमीनदार थिए। आफ्नो सम्पति सबै समाजसेवामा लगाएर उनले वरिपरि मात्र नभई अञ्चलभर नै यश आर्जन गरेका थिए। समाजमा कसैसँग डराउन्नथे र कसैलाई पनि हेप्ने भन्ने उनको मनभित्रका कुनासम्ममा थिएन। आँखामा अटाए पनि नबिझाउँने । वा!यस्ता पो मान्छे भन्थे सबैले। थिए पनि त्यस्तै ।

यस्ता असल मान्छे पाएर/देखेर सबै दल राल चुहाउँथे । आफ्नामा आइदिन आग्रह गर्थे। सुरुमा त स्वीकारेनन्। अतिमा ज्यादती गर्नु हुन्न उनले सम्झे। समाजवादी दलका सदस्य बने। जिल्ला विकास समितिका सदस्य चुनिए।

दिन बित्दै गए। एक दिन उनको आफ्नै दलको विश्वासिलो कार्यकर्ताले गुम्बा उद्घाटनको निम्ता फिँजायो, प्रमुख अतिथिको आसन ओछ्यायो। इन्कारको सवालै खडा हुन्न ।

देशभरि द्वन्द्व चलिरहेकै थियो । विद्रोही जनसरकार ठाउँ ठाउँमा निर्मित थिए । त्यस जिल्लामा कतै थिएनन् यस्ता संस्थाहरू। अचानक बाटामा गाडी रोकियो। सँगै बसेको निम्तासमेत ल्याउने कार्यकर्ताले ओर्लन आग्रह गर्यो। नाइनास्तीको प्रश्न नै उठेन। यो के र किनसम्मचाहिँ भने। पछाडिबाट अर्काले गर्धन ताक्यो मात्र होइन छ्याप्प छप्कायो। उनी तात्तातै यतिसम्म बोल्न भ्याए-“वि…श्वा…स???

ली

images
प्रकाशित मिति :आश्विन १५, २०७९ शनिवार - २२:०८:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend