Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

चलचित्रमा ‘वर्किङ कल्चर’ को सुरुवात अझै भएको छैन्: अभिनेत्री अदिति

चलचित्रमा ‘वर्किङ कल्चर’ को सुरुवात अझै भएको छैन्: अभिनेत्री अदिति

नेप्लिज डायस्पोरा

१७, आश्विन २०७९
images
चलचित्रमा ‘वर्किङ कल्चर’ को सुरुवात अझै भएको छैन्: अभिनेत्री अदिति


नेप्लिज डायस्पोरा,
काठमाडौँ, १७ असोज ।


मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै छिन् ।


चलचित्र ‘कृ’ मार्फत अभिनयमा डेब्यु गरेकी अदिति अभिनित दोस्रो फिल्म ‘बाबरी’ अहिले प्रर्दशन भै रहेको छ ।


भारतीय म्युजिक भिडियोमा अभिनय गरिसकेकी अदितिले धेरै नेपाली फिल्मको अफर स्वीकार गरिनन् । “म हतारमा फिल्म गर्ने सोचमा थिइनँ । कोरोना महामारीका कारण पनि ‘प्रोजेक्ट’ ढिला भएको हो । सुहाउँदो भूमिका आएमा काम गर्नेछु”, उनले भनिन् ।


उनी नेपालबाटै मोडलिङको सुरुआत गरेर भारतस्थित मुम्बईमा काम गरिरहेकी छिन् । नेपालमा एक विज्ञापनमा काम गरेपछि अदितिलाई मुम्बईबाट ‘मायालु नुडल्स’ मा मोडलिङ गर्ने प्रस्ताव आएको थियो ।
त्यसयता उनी मुम्बईमै मोडलिङ गरिरहेकी छिन् । “मैले मुम्बई वा नेपाल भनेर काम गरिरहेकी छैन । जहाँ मलाई प्रस्ताव गरिन्छ, बुझेर काम गर्ने गरेकी गरेको उनी बताउँछिन् ।

8435BFFB-B1E8-4D3D-90FA-887FD7F6439E.jpeg
यहाँको ‘वर्किङ कल्चर’ले उनलाई समस्या पार्ने रहेछ । भन्छिन् , “हामीकहाँ अझै व्यावसायिकता कम छ । काम पूरा नगर्न बहाना बनाउन पाइन्छ । त्यसले ‘सेड्युल’ लाई असर गर्छ”, अभिनेत्री बुढाथोकीले भनिन । काममा पूर्णरूपमा समर्पित भएर नलागेसम्म त्यसले गतिलो नतिजा नदिने बुझाइ उनको छ । डेब्यु फिल्ममा छायाङ्कनका लागि पटकपटक नेपाल आउँदा काम नभएपछि फर्किनुपरेको थियो ।

यही कारण पनि दोस्रो फिल्म उनले होम प्रोडक्सनकै गर्नुभयो । “म बाहिरी प्रोडक्सनमा पनि काम गर्न तयार छु । दुई फिल्मले मलाई वर्किङ कल्चर बुझाइरहेको छ”, अभिनेत्री बुढाथोकीले भनिन् ।

images
प्रकाशित मिति :आश्विन १७, २०७९ सोमवार - १८:५६:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend