सुधीर नेपाल,
२२, असोज ।
आफनो फाइदा हुन्जेल त्यो जसलाई पनि आफनो वरपर घुम्न दिने तर जब त्यो व्यक्ति आफनो सर पर्न छाड्छ त्यसको उछितो काड्न तर्फ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लागि हाल्छन् । प्रचण्डका राजनीतिक जीवनका यात्रामा यस्ता घटनाहरुलाई सामान्य रुपमा लिने गरिन्छ । हुन् राजनीति गर्नेको एउटा बानी नै हुन्छ । त्यो हो बोलीले मिठो बोल्ने भित्री आत्मामा कुण्ठा जगाउने । हो यही कुण्ठाले भरिएको छ प्रचण्डको राजनीतिक यात्रा । प्रचण्डको यही राजनीतिक यात्राको एउटा सारथी बनेका छन् नेपाली काँग्रेस(नेका)को सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ।
सोझो र मनमा लागेको कुरालाई नडराई बक्न सक्ने साहसी नेताको उपमा पाएका नेका सभापति देउवा अहिले दुलो भित्रबाट टाउको निकालेर भित्र बाहिर भित्र बाहिर गरिरहने मुसा सरह भएका छन् ।
कारण राजनीतिक र पदीय स्वार्थ । हो यही राजनीतिक र पदीय स्वार्थको कारण अहिले सभापति देउवाको दिल दिमागमा नचाँहिदो अराजक राजनीतिको भूत सवार भएको छ । सभापति देउवामा सवार भूतको मुख्य लक्ष्य भनेको गठबन्धनको बैसाखी टेकेर निर्वाचन पछि पुन एकपटक प्रधानमन्त्री बन्ने मात्र हो अन्य केही होइन् । सभापति देउवाको यो राजनीतिक पदचापले कस्तो मोड लिन्छ । त्यो स्वयं उनलाई थाहा छ ।
तर पारिवारीक मोह र पदीय लाभको अगाडी उनी यो मोडलाई समेत किनार लगाउने तयारीमा छन् भनौ टिकट बाँडफाँडको नियति सँगै उनको मोडले उग्र रुप लिएको छ । जुन काँग्रेस जस्तो भिमकाय र पुरानो दलको लागि अभिषाप हो ।
सभापति देउवाले काँग्रेसमा अहिले जुन निरंकुसता लादेका छन् । त्यसको परिणामको लागि अब धेरै समय कुर्नु पर्ने छैन् । जुन परिणाम सभापति देउवा र उनका अनुयायीहरुका लागि फलामको चिउरा सावित हुने कुरामा पनि दुईमत छैन् ।
राजनीतिक भन्दा पनि व्यक्तिगत स्वार्थको परिणीतिमा अल्झेका सभापति देउवाले नेतृत्व गरेको गठबन्धनको सरकारले देशको हितको लागि कुनै पनि असल कार्य नगरेको प्रमाणहरु बाहिरी रहेका छन् । तर पनि सभापति देउवामा चेतनाको अभाव कारण चेत पलाउन सकेन् ।
काँग्रेसलाई एकल र व्यक्तिगत संरचनाको आधारमा चलाउने नियतमा लागेका सभापति देउवाको उमेरले जति जति डाँडो काट्दै छ । उनी भित्र पलाएको अलम्पच(लालची) पनाले देश र काँग्रेसलाई कता तर्फ मोडेको छ । यो सोच्ने फुर्सद सभापति देउवामा छैन् ।
श्रीमति आरजु राणा देउवा र छोरा जयबिरसिंहका लागि खुल्ला मैदानमा बिपरित ध्रुवका सारथीहरुलाई लिएर लम्किरहेका सभापति देउवाले निम्त्याएको यो राजनीतिक कलहको सिकार उनी आफै हुने लगभग पक्का छ ।
तर यस्ता कलह र बिरोधहरुको कुनै पर्वाह छैन् सभापति देउवालाई रत्तिभर छैन् । किन भने अहिले प्रधानमन्त्री देउवाको एउटै सुँगा रटाई भनेको आम निर्वाचन पछि फेरी राज्यसत्ता आफनो लगाममा लिनु रहेको छ । हुन् पनि राज्यसत्ता बिना केही नहुने लक्षण पहिला देखी नै देखीएको हो सभापति देउवामा । सत्ता प्राप्तीको लागि जे पनि गर्न तयार हुने र सत्ता प्राप्त भएपछि त्यसलाई जोगाउन जे पनि गर्न पछि नपर्ने एक प्रकारको सोचका कारण अहिले सभापति देउवा जन नजरबाट दिन प्रति दिन झर्दै छन् ।
काँग्रेसका सभापति रहेका प्रधानमन्त्री देउवाको अहमताको सिकार अब आम काँग्रेस हुनु पर्ने दिन धेरै टाढा छैन् । भलै उनको यो कार्यशैलीले उनलाई क्षणिक फाइदा भएपनि अन्नतमा यसको परिणामा भोग्ने भनेको काँग्रेसले नै हो ।