Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

राष्ट्रिय खेलकुद प्रतियोगिताबाट वञ्चित भए बेलायतका ५४ खेलाडी

राष्ट्रिय खेलकुद प्रतियोगिताबाट वञ्चित भए बेलायतका ५४ खेलाडी

नेप्लिज डायस्पोरा

२४, आश्विन २०७९
images
राष्ट्रिय खेलकुद प्रतियोगिताबाट वञ्चित भए बेलायतका ५४ खेलाडी
 
 

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) को फितलो व्यवस्थापनका कारणप्रशिक्षण लिइसकेका बेलायतस्थित ५४ खेलाडी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामाभाग लिन वञ्चित भएका छन् ।

एनआरएनए आईसीसी र यूके समितिबीच विवाद हुँदा गण्डकी प्रदेशमा असोज २८ देखिकात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन बेलायतका ५४नेपाली खेलाडी वञ्चित भएका हुन् ।

 

एनआरएनए आईसीसी र यूके समितिबीच विवाद हुँदा गण्डकी प्रदेशमा असोज २८ देखिकात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन बेलायतका ५४नेपाली खेलाडी वञ्चित भएका हुन् ।

 

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्‍ (आईसीसी) ले सम्पूर्ण खर्चव्यवस्थापन गर्ने गरी बेलायतका खेलाडीलाई झण्डै ५ महिनाअघिदेखि प्रशिक्षण समेतगर्न लगाएर हाल बिचल्ली पारेको खेलाडीहरूको आरोप छ ।

एनआरएनएको गैरजिम्मेवारीले आफ्नो व्यस्त समय खेर गएको, प्रशिक्षण खर्च रअपमानित हुनुपरेको खेलाडीले गुनासो गरेका छन् ।

नेपाल जाने तयारीमा रहेका खेलाडीले पत्रकार सम्मेलन गरी मातृभूमिमा खेल्नेआफूहरूको सपना चकनाचुर भएकोमा आपत्ति प्रकट गर्दै एनआरएनएले प्रशिक्षणमाभएको खर्चसहित क्षतिपूर्ति र क्षमायाचना गर्नुपर्ने माग राखेका छन् ।ब्रीटीश आर्मीमारहेका लङ टेनिस खेलाडी कृष्ण थापाले खेलमा सहभागी हुन एनआरएनएले निमन्त्रणापत्र नै पठाएर आउने जाने हवाइ टिकट, खाने बस्ने लगायत सम्पूर्ण खर्च बेहोर्ने भनेपछितालिम सुरु गरिएको बताए ।

 

'तालिम भइरहँदा एनआरएनए स्पोर्टस एकेडेमी संयोजक तथा नवौं राष्ट्रिय खेलकुद टिमतयारी समितिका जीवन सेन र सदस्यसचिव धर्मराज गिरीसँग नियमित सम्पर्क थियो,' उनले भने, 'तर खेलमा सहभागिता हुने समय नजिकिँदै गर्दा उहाँहरू सम्पर्कविहीनहुनुभयो । लामो प्रयासपछि उहाँहरूसँग सम्पर्क हुँदा खर्च आफैं व्यवस्थापन गर्नुभन्नुभयो ।'

ब्रिगेड ब्वाइज क्लव यूकेका उपाध्यक्ष सुरेश गुरुङले एनआरएनएबाट ८ अगस्टमाआधिकारिक पत्र आएपछि बेलायतका विभिन्न चार लोकेसनमा
फ्रेण्ड्ली म्याच र तालिम सुरु गरिएको बताए ।

'तीन हप्ता बाँकी रहँदा हामीले फ्लाइटको कन्फर्मेसन दिनु भन्यौं । तर उहांहरू आलटालगर्दै सम्पर्कविहीन नै हुनुभयो । लामो समयको प्रयासपछि उहाँहरूले केही पनि गर्न सक्दैनौंभन्नुभयो,' उनले गुनासो गरे, 'अन्तिम समयमा यस्तो व्यवहार हुँदा हाम्रो क्लव रविश्वसनियतामाथि ठूलो आघात पुगेको छ । इन्धन महँगीमा टाढाबाट खेलाडीहरूप्रशिक्षणमा आउँदा खानेबस्ने समेत व्यवस्थापन गर्नुपर्‍यो । महिनौंदेखि तालिम गर्दाकोसमय खेर गयो र अन्य खर्च भएकाले हामीले क्षतिपूर्ति पाउनुपर्छ ।'

बेलायतबाट फुटबलका लागि १५ जना खेलाडी र ३ जना अफिसियल तथा मलेसियाबाटकेही थप खेलाडी सहभागी गराउने बीबीसीको योजना थियो ।

नेपाल बास्केटबल संघ यूकेका अध्यक्ष रुपक गुरुङको गुनासो र माग पनि उही छ ।'व्यतस्ता बावजुद समय मिलाएर हामीले तालिम गरिरहेका थियौं । महँगो खर्चमा तालिमसहज थिएन । हामीले फ्लाइटको मिति फिक्स गर्नु भन्यौं । उहाँहरूले हुन्छ भन्नुभयो तरगर्नुभएन, त्यसपछि सम्पर्क हुनै सकेन । अन्तिममा केही गर्न सक्दैनौं भन्नुभयो,' उनलेभने ।

महँगो खर्च गरेर गरिएको तयारी निरर्थक भएको उनको गुनासो छ । उनले क्षतिपूर्तिआफूहरूको जोडदार माग रहेको बताए ।

नेपाल बास्केटबल यूकेकै सचिव भुवन लिम्बुले नेपाल गएर खेल्ने सपना चकनाचुर हुँदायुवा खेलाडीको मनोवल गिरेको र विक्षिप्त बनाएको बताए ।

अर्का खेलाडी विशाल गुरुङले एनआरएनएले आफूहरूको राहदानी प्रति र ठेगाना विवरणलगेकाले यसको दुरुपयोग र पारिवारिक सुरक्षामा खतरा हुनेतर्फ को जिम्मेवार हुन्छ भन्दैप्रश्न गरेका छन् ।

एनआरएनए यूके स्पोर्टस् कोअर्डिनेशन काउन्सिलका प्रमुख सल्लाहकार राष्ट्र राईलेएनआरएनए आईसीसीले खेलाडीहरू दर्ता गरेर राखेपसँग आफैं पैसा दाबी गरी घोटालागर्ने प्रपञ्च गरेको आशंका व्यक्त गरे ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले खेलकुदमा प्रतिस्पर्धा गर्न ब्रीटीश गोर्खा सैनिक, विद्यार्थी, जागिरे र हाइप्रोफाइल राष्ट्रिय स्तरका खेलाडी गरी ५४ जना तयारी अवस्थामारहेका बेला आईसीसीले धोका दिएको बताए । खेलाडीलाई आवश्यक क्षतिपूर्तिदिइनुपर्ने उनको माग छ ।

_______________________________________

 

भवदीय,

भरतमणि चोङ्बाङ
प्रबक्ता
गैर आवासीय नेपाली संघ युके ।  

images
प्रकाशित मिति :आश्विन २४, २०७९ सोमवार - २१:३९:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend