Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नयाँ पिँढीको नयाँ सोच ! (कविता) -निलु कृष्ण गिरी

नयाँ पिँढीको नयाँ सोच ! (कविता) -निलु कृष्ण गिरी

नेप्लिज डायस्पोरा

२५, आश्विन २०७९
images
नयाँ पिँढीको नयाँ सोच ! (कविता) -निलु कृष्ण गिरी

नयाँ पिँढीको नयाँ सोच !
देशको मुहार फेर्ने नेता रोज !
दलभन्दा देश माथि ,
नेता भन्दा नीति माथि !
यो हो आजको खोज !

न खाउ है कसैको भोज !
न गरौ है छणिक मोज !
नयाँ पिँढीको नयाँ सोच !
देशको मुहार फेर्ने नेता रोज !

 

न बोकौ है गन्हाएका र
पापीहरुको ,बोझ !
गरौ है मौकामा होस !
नयाँ पिँढीको नयाँ सोच !
देशको मुहार फेर्ने नेता रोज !

खुकुरी , बन्चरा , बन्दूक होइन ,
दया , माया र विवेकको हतियार बोक !
देश भडुवालाई पुर्याउ चोट !
देश भक्तको बढाउ ओज !
नयाँ पिँढीको नयाँ सोच !

 

images
प्रकाशित मिति :आश्विन २५, २०७९ मंगलवार - २३:५३:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend