Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

लघुकथा: फरक - नारायण कोइराला

लघुकथा: फरक - नारायण कोइराला

नेप्लिज डायस्पोरा

३, मंसिर २०७९
images
लघुकथा: फरक - नारायण कोइराला


हामी दुवै खाडीमा कामको लागि एकै पल्ट ल्याण्डिङ भयौ।एउटै जिल्लाका नभएपनि संगोजले हामीलाई एउटै कम्पनीको श्रमिक बनाएछ।

हामी दुवैमा समानता थियो।घरको आर्थिक अवस्था दुवैको कमजोर । सकेसम्म हामी पैसा कमाउन चाहन्थ्यौं। साहुको ऋणको भारीबाट छिटै मुक्त हुने कोसिसमा थियौ। बुढा आमाबाबाको च्यातिएको धोती र भोटोमा परिवर्तन ल्याउने मन थियो। घरका छाना चुहिनबाट मुक्त भएको देख्ने चाहन्थ्यौं। भने जस्तो भयो पनि।

हाम्रो कमाइले बाको भोटो र आमाको धोतीमा परिवर्तन आयो। हाम्रा खरका छाना टिनमा परिणत भइसके। बालबच्चा पढाउन अप्ठारो छैन।हामीले पनि परिवारको खुसी नै हाम्रो खुसी मानेका छौ।जीवन अब दुःखबाट सुखतिर जाने अवस्थामा पुगेको महसुस हुँदैथियो ।हामी धेरैपल्ट सगै आउने जानेपनि गर्यौ।जहाजमा दुःख सुखका कुरा हुन्थ्यो।

आजपनि हाम्रो यात्रा जाहाजमा सगै छ।
विडम्बना!! फरक यत्ती हो ,"उ रातो बाकसमा छ भने , म जहाजको कुर्सीमा।"

तानसेन नगरपालिकामा
वार्ड नम्बर ७ लामडाँडा
लुम्बिनी प्रदेश नं ५
तानसेन पाल्पा
नेपाल।


सतीश चापागाईको कविता: हामीले भोट हाल्यौं 

 

images
प्रकाशित मिति :मंसिर ३, २०७९ शनिवार - १८:०७:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend