Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

रवि लामिछानेलाई अमेरिकाबाट सुझाब ‘म’ हैन ‘हामी’ भन्नुहोस

रवि लामिछानेलाई अमेरिकाबाट सुझाब ‘म’ हैन ‘हामी’ भन्नुहोस

नेप्लिज डायस्पोरा

१३, मंसिर २०७९
images
रवि लामिछानेलाई अमेरिकाबाट सुझाब ‘म’ हैन ‘हामी’ भन्नुहोस

अमेरिकाको नेपाली समुदीयमा सक्रिय संचारकर्मी अर्जुन दाहालले रास्वपाका अध्यक्ष रवि लामिछानेलाई केही सुझाब सार्बजनिक गरेका छन् । 

रवि सरलाई १२ सुझाव भनेर सॅचारकर्मी दाहालले आफ्नै फेसबुक वालमा पोष्ट गरेको सुझाबलाई दाहालको फेसबुकमा साथी रहेका धेरैले मन पनि पराएका छन् ।

दाहाल डिसी नेपाल डटकमबाट प्रसारण हुने चर्चित कार्यक्रम 'नुनचिनी पानी' प्रस्तोता हुन् ।

फेसबुकमा दाहाल लेख्छन: 

रवि सरलाई १२ सुझाव :
यहाँले शेर, प्रचण्ड, खड्ग सरहरुलाई थुप्रै पटक सित्तैमा सुझाव दिएको सुनेको छु। अब तपाईंलाई अमेरिकाबाट मेरा केही बुँदागत सुझाव:

१) "म" कम भन्नुस् । "हामी" , "हाम्रो" भन्नुहोस् ।


२) राजनैतिक गतिविधिमा भाउजूलाई देखिने गरि संलग्न नगराउनुहोस् ।


३) रवि "दाइ" भन्ने भन्दा पनि रवि "जि" भन्ने माहोल सृजना गर्नुहोस् ।


४) सुझाव र गुनासो बाकसमा अत्याधिक मात्रामा सुझाव र गुनासा आउँछन् । पूरा गर्न गाह्रो हुन्छ ,धेरै ठूलो आश नदेखाउनुहोस् । विस्तारै गर्दै जाने हो। तर सुरुवात सही छ।


५) काम गर्न सकिएन भने यो यो कारणले काम गर्न सकिएन भनेर जनतालाई प्रष्ट पारिदिनुहोस् ।


६) पार्टीको निर्देशक सिद्धान्त के हो, कस्तो बनाउने भनेर बिज्ञ समुह निर्माण गर्नुहोस् । संसदमा कसरी ट्याकल गर्ने , बिकासका काम कहाँबाट कसरी सुरु गर्ने अल्पकालीन र दीर्घकालीन योजनाको लागि बिज्ञहरुको सुझाव समिति बनाउनुहोस। त्यो कुरा मिडियालाई भनिरहन परेन।


७) धमला महोदय र सुवेदी महोदयकोमा अन्तर्वार्ता गर्न जानु अघि यहाँका नेतागणलाई तयारी गर्न भन्नुस् ।


८) शालीन र भद्र शैलीमा बिषय राख्नुहोस् । राख्ने बिषयको बारेमा तपाईंले सबै बुझेको हुन्छ, ढुक्क छ । थाहा छैन भने बुझेर , छलफल गरेर उत्तर दिए भैगयो।


९) कुनै पनि बेला कुनै पनि बहानामा तपाईंलाई फसाइने संभावना छ। तयार रहनुहोस् । तपाईं नहुंदा पार्टीको नेतृत्व , कस्ले गर्ने सम्मको तयारी सुरु गर्नुहोस् ।


१०) तपाईंलाई फसाउंन मुख्य तयारी अमेरिकाबाट गरिनेछ। नक्कली कागज बनाएर एसाइलम गरेका ,अमेरिकी नागरिक भएको दिन (सपथ खाएकै दिन) समाजिक सञ्जालमा राखेर बधाई खाने अनि जगेडा श्रीमती भेट्न नेपाल पुगेर नेपाली नागरिकता प्रयोग गरी एक नम्बरी/ दुई नम्बरी धन्दा गर्नेहरु , तपाईंको प्रगति देख्न/ हेर्न नसकेका केही अर्ध बुद्धिजीवीहरुले चोर औंलो देखाइरहेका छन् । सचेत रहनुहोस् । तर झुकिएर पनि माझी औंलो नदेखाउनुहोस् ।


११) हरेक दिन क्लोज सर्कलमा एक दुई पटक तयारी र समीक्षा बैठक गर्नुस् ।


१२) बिषयबस्तुको राम्रो तयारीका साथ प्रशिक्षण र जागरण अभियान सुरु गर्नुस् ।


क्रमशः .......
नोट- म तपाईंको पार्टीको मान्छे हैन, तपाईंको उर्जाको समुद्रमा एक थोपा पानी हालिदिएको मात्र ।
जय मातृभूमि ।

अर्जुन दाहाल
परिकल्पनाकार- नुन चिनी पानी

 

6AE3A1BC-2EB1-4E41-B8B1-173A3D3EDFF7.png
undefined

 

images
प्रकाशित मिति :मंसिर १३, २०७९ मंगलवार - २०:१७:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend