Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सुकुम्बासीको नाममा -बाबुराम श्रेष्ठ

सुकुम्बासीको नाममा -बाबुराम श्रेष्ठ

नेप्लिज डायस्पोरा

१४, मंसिर २०७९
images
सुकुम्बासीको नाममा -बाबुराम श्रेष्ठ



समय हतारमा छ
केही उमेर निदाउन मिल्दैन
गाउँ बाझो छ
सिरुपाते र बनमाराले
रुखो बनाएको छ
बैँस फुल्नु नपाउदै हुलका हुल जवानी
शहर छिरेको छ सुकुम्बासी बन्न

आफ्नै स्वभिमान बेचेर
निम्छरो जिन्दगी घिसारेर
लम्पसार परेको छ
शहरको बिर्तामा
शिर उचाल्छ
असभ्यता प्रदर्शन गर्छ
भन्छ -मार्न र मर्न तयार छौ

उल्टो हिड्दै छ मान्छेहरु
पारेर शहर दुर्गन्धित
सभ्यता झुन्डिएर एक कुनामा
लेखाउदै छ मधुरो इतिहास
सुकुम्बासीको नाममा ।।

images
प्रकाशित मिति :मंसिर १४, २०७९ बुधवार - २२:५८:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend