'एक पटकको नेपाली सधैको नेपाली' नारा घन्काउने एनआरएनएले रबि लामिछानेको नागरिकता प्रकरणमा बोल्न आग्रह गर्दछु । विदेशिएका नागरिकलाई स्वदेश फर्काएर उनीहरुले सिकेका सिप र कमाएका अर्थ प्रयोग गरि देश बिकास गर्नुपर्छ भन्दै भाषण गर्ने नेताहरुले नागरिकता विधयक वर्षौदेखि अड्काएर राखेका छन् ।
अमेरिकी नागरिकता त्यागेर स्वदेशमै केही गर्छु भनेर नेपाल गएका रबिहरुलाई स्वागत गर्नुको साटो उछितो काट्ने काम भईरहेको छ । यदि रबि सफल भए भने, उनको गतिबिधी नियाली रहेका हजारौ युवा स्वदेश फर्कन तयार हुनेछन् ।
तर, रबि जत्तिको मान्छेलाई त खेदो खन्ने समाजले हामी जस्तो प्रभाव कम भएका युवा स्वदेश फर्कदा त सिंगै निलिदिन्छ होला भनेर युवाहरु डराएका छन् ।
यस्तो अवस्थामा विदेशमा काम गर्ने र बस्ने गैर आवसिय नेपालीका बारेमा एनआरएनएले बोल्नै पर्छ । तीन जना अध्यक्षज्यु लौन ।
वर्षौदेखि अड्किएको नागरिकता विधयक पारित गरेर विदेशिएका नेपाली युवालाई हासीखुसी घर फर्कने वातावरण बनाउ सरकार ।
(विभिन्न नेपाली चलचित्रहरुमा निर्देशक रहिसक्नु भएका पोखरेल केही बर्षदेखि अमेरिकामा हुनुहुन्छ । -सम्पादक ।)