जितेन्द्र राणासिकागो, अमेरिका, २ सेप्टेम्बर
अमेरिकाका तीन पुराना सामाजिक संस्थाहरु ANMA, NASeA र ANA को आयोजनामा लेवर डे वीकेंड पारेर सिकागोमा भैरहेको नेपाली नेसनल कन्वेंसनको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), सिकागो च्याप्टरले साहित्यिक रचना बाचन कार्यक्रम सम्पन्न गरेको छ । बरिष्ट लोक गायक तथा नेपाल सरकारका महाबाणिज्य दुत प्रेमराजा महत प्रमुख अतिथि रहनु भयको कार्यक्रममा बिसिष्ट अतिथि नेपाल सरकारका महाबाणिज्य दुत क्यालिफोर्नियाका ऋषि ढकाल साथै अनेसास केन्द्रिय समितिका निबर्तमान अध्यक्ष पदम बिश्वकर्मा, तीन दिने कन्वेंसनका कन्वेनर, ANMA का अध्यक्ष एवं नेपाल सरकारका पर्यटन दुत बाला घिमिरे, मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट डेमोक्रेट उमेदबार ह्यारी भण्डारी अतिथि हुनुहुन्थ्यो ।
अमेरिकाका बिभिन्न राज्यहरु तथा क्यानाडावाट सहभागीभै कविता, गजल, गित बाचन गर्नु भयका २० - २२ जना साहित्यकारहरुका रचनाहरु मध्येबाट निर्णायकहरु साहित्यकार तथा यनआरयनए युसए मिडवेस्टकी उपाध्यक्ष राधा पौडेल र साहित्यकार डा. दुर्गा दाहालको टोलीले सिकागोका श्रस्टा यादव न्यौपानेको कविता 'मलाई मेरै गाउँ जान मन छ' लाई उत्कृष्ट ठहराउनु भयको थियो । बिजयी न्यौपानेलाई अनेसास केन्द्रिय कमिटिको तर्फबाट नगद पुरस्कार तथा खादा ओढाई सम्मान गरिएको थियो । यसै कार्यक्रममा सिकागोका गजलकार भिम राई "परदेशी" को एकल गजल संग्रह "रहरै रहरमा" बिमोचन गरिएको थियो । गीत र गजल लेखन मार्फत नेपाली साहित्यमा उदयीमान राईले पुस्तक प्रकाशन गर्न सघाएकोमा अनेसास केन्द्रिय समितिलाई धन्यवाद दिनुभएको थियो ।
प्रमुख अतिथिको आसनवाट बोल्दै बरिष्ट लोक गायक प्रेमराजा महतले आफुलाई कन्वेंसनको कार्यक्रमहरु मध्ये साहित्यीक कार्यक्रम उत्कृष्ट लागेको र साहित्यले हाम्रो समाजको चित्रण गर्ने भएकाले जुनसुकै साहित्य विधाले आफ्नो भित्रि मन छुने कुरा बताउनु भयो तेस्तै प्रमुख अतिथि ऋषि ढकालले साहित्यको माध्यम बाट श्रस्टाहरुले बिदेशमा बसेका नेपालीहरुले भोग्नुपरेका अफ्ठ्याराहरुलाई उजागर गर्नुभएकोमा आफुले नेपाल सरकार समक्ष यी कुराहरुमा ध्यानाकर्षण गराउन पहल गर्ने उल्लेख गर्नुभयो ।
अनेसास सिकागो च्याप्टरकि अध्यक्ष बिष्णा देवी बिरहीको सभापतित्वमा चलेको कार्यक्रमको संचालन च्याप्टरका उपाध्यक्ष ईश्वर बगालेले र सहजीकरण लक्ष्मण न्यौपानेले गर्नु भयको थियो एवं कार्यक्रमको प्रत्यक्ष प्रसारण डिसीनेपाल.कमको फेसबुक मार्फत परशुराम भण्डारीले गर्नु भएको थियो
।
प्रकाशित मिति :भाद्र १८, २०७५ सोमवार -
१५:२६:४८ बजे