आफैलाई बिर्सिएर मलाई बचाउने मेरी आमा
बाको घरमा सुन्दर सृजना सजाउने मेरी आमा
म स्वतन्त्रता सिकाउने पढाउने सहरमा बसेपनि
जीवन सुन्दर भन्दै प्रेमगीत बजाउने मेरी आमा
जीवनका सुनौला हजार दिनको मूल्य तोकिदा
मेरा लागि रगत पसिना दुबै भजाउने मेरी आमा
जीवन भोगाईका हजारौ उकाली ओराली गर्दै
खुशीको बहार बनाई नाच्ने नचाउने मेरी आमा
बोली बेचेर बग्गी चढेका चैतेहरुको राज चल्दा
दिनदहाडै आत्मदाहको पीडा पचाउने मेरी आमा!!