बिना अर्थ र औचित्यको
ट्याप ट्याप पछाडी
एउटा जमात दौडी रँहदा
अर्को जमात
संघर्ष गर्दा गर्दै
फेरी कहिल्यै नउढ्ने गरी
आगाको ज्वाला बीच
भुक्लुक्क डल्छ
समाज २-४ दिन मौन हुन्छ
उसलाई आफ्नै रन्को छ
उसलाई थाह छ
घाम मुनी नदेखिए पनि
केही निरन्तर जली रहेछन्
भन्दैनन् र पो
मान्छेका बिर्सने बानी छन्
धेरै कुरा बिर्सेका छन्
गर्छु सुन्छु बनाउछु भनेर
सिँहदरबार पसेदेखि सम्झेका छैन्न्
अस्ती नै देखी खोक्दै थिए
हेर त ..
बिर्सेको पनि बर्षौ भएछ..
अग्लो ठाँउमा बस्नेले
तिम्रा सुस्केरा सुन्दैनन् बाबै
धुँवाले आँखा पोल्दा
दाउरा मिलाईदिने कम छन्
तर्केर जाने र आँखा धुने धेरै
डर
मान्छेको मात्रै हो यो संसारमा
….