देश तिर भए चिया गफ हुन्थ्यो होला। मनको कुरा त्यतै विसाइन्थ्यो होला। स्थिति त्यो छैन सवै ज्यान पाल्न विजी छ यता! ! !
मनमा केहि लाग्ने यतै हो लेखेँ है साथीहो...
रविजी का विषयमा उनका पक्षधर वा इतर कोहि पनि उफ्रीनु जरुरी देख्दिन म। सर्वोच्चले विधानत: व्याख्या वा निर्णय गरि दिए तेत्ति मात्रै हो।
तर,
नेपालको विधानले विदेशी नागरिकता लिएका नेपालीहरुका सन्दर्भमा गरिएको व्यवस्था प्राक्टिकल नभएको प्रसङ्ग सतहमा ल्याई दिएको छ। एकपटकको नेपाली सधैँको नेपाली भन्दै एनारएने भन्ने सस्थाले गिजोली दिएको विषय अब नया शिराबाट वहसको विषय बनाइनु पर्छ।
मन नेपाली! आत्मा नेपाली! परिवार नेपाली! घर नेपाल! चिनारी नेपाली हुदा हुदै वाध्यताले विदेशीएका नेपालीलाई अनागरिक बनाउने देशी ब्वाँसोहरुले लादी दिएको 'एनारएन' नेपालीको पगरी खारेज गर्दै नयाँ वहसको शुरुवात आवश्यक छ अव।
वङ्शजका आधारमा प्राप्त नागरिकताको कन्टिन्युटीको वकालत नगरी गैर आवासीय नागरिकताको माग गर्ने एनारएन भन्ने जिनिसको विघटन को छलफल आजै बाट शुरु गरौँ।
तिम्रा पार्टीका अधिवेशन/ सम्मेलनमा विदेशी नागरिक्ता लिएका कति मान्छे प्रतिनिधि बनेर तिम्रा नेतालाई भोट हाले हिसाव पनि राख है केटा हो।
पुनश्च: मैले विदेशी नागरिकता लिएको छैन अनि लिने मुड पनि छैन। अनि म रवि राजनीतिक प्रवृत्तिको समर्थक पनि हैन है! !
पर्बत
हाल: लण्डन