Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

म अभिमन्यू हैन - रवि लामिछाने

म अभिमन्यू हैन - रवि लामिछाने

नेप्लिज डायस्पोरा

१९, माघ २०७९
images
म अभिमन्यू हैन - रवि लामिछाने

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् ।

आफू अभिमन्यु नभएको बताउँदै उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ।’

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।

लगत्तै रवि गृहमन्त्री र पार्टीको सभापतीबाट पनि विदा भए । नागरिकता पुन: लिएपछि उनी फेरी पार्टी सभापती बने र गृह मन्त्रीमा दाबि गरिरहेका छन । तर सत्ता गठबन्धनले उनलाई सोही मन्त्रालय दिन मानेको छैन ।

यहि प्रसंगमा रविले महाभारतको अभिमन्यू प्रकरण स्मरण गराएका हुन ।

को हुन त अभिमन्यू ?

अभिमन्यू, अर्जुन र सुभद्राका छोरा हुन, जसलाई महाभारत युद्धको १३ औं दिनमा चक्रब्युहमा पारेर अग्रजहरुले हत्या गरेका थिए ।

महाभारत युद्धमा ४० वटा ब्युहको प्रयोग भएको थियो जसमध्येको चक्रब्युह गुरु द्रोणाचार्यले निर्माण गरेका थिए । चक्रब्युह एक प्रकारको सैनिक संरचना थियो जहाँ ठिकैका सैनिकहरुलाई अगाडीको घेरामा राखिन्थ्यो भनें शक्तिशालीहरु बीचतिर र पछिल्लो घेरामा ।

अभिमन्युले चक्रब्यहको कथा उनी आमाको गर्भमा हुँदानै सुनेका थिए ।

अर्जुनले पत्नी सुभद्रालाई युद्धमा चक्रब्युहमा पसेर निस्कने कथा सुनाउँदा सुनाउँदै उनी निधाएकीले अभिमन्युलाई कसरी पस्ने र युद्ध गर्ने थाहा भएपनि कसरी निस्कने थाहा थिएन । उनी एक्लै भएको बेला चक्रब्युहमा पारियो, एक्लो अभिमन्युसंग सात जना नामी सारथीहरु लडे, जुन युद्धको नियम बिपरित थियो ।

महाभारतमा बुँदागत रुपमा युद्धका नियमहरु बनाइएका थिए, सूर्य उदाउनु अघि र अस्ताउनुपछि युद्ध गर्न पाइदैन थियो । त्यस्तै एक्लो योद्धासंग एकभन्दा बढिले लड्न नपाउने नियम पनि थियो ।


अभिमन्युलाई यसरी मार्नुको परिणाम कौरब पक्षका योद्धाहरुले पनि करिब करिब त्यसैगरी भोगे ।

कर्णलाई बाण चलाउन लाग्दा अर्जुन रोकिए, किन रोकिएको? भन्ने श्रीकृष्णको प्रश्नमा अर्जुनले भनें कर्ण अहिले रथको खुट्टानिर छन, उनको रथको खुट्टा भाँचिएको छ । म रथमा छु, रथ बाहिर भएको योद्धासंग लड्नु युद्धको नियम बिपरित हो ।

अर्जुनको भनाईमा श्रीकृष्णको जबाफ थियो, के अभिमन्युलाई मार्ने बेलामा यीनीहरुले युद्धको नियम पालना गरेका थिए?

त्यसपछि अर्जुनले कर्ण र अन्य धेरै माथि बाण चलाए...पाप र धर्मको युद्ध महाभारतमा पाण्डवहरुको जित भयो ।

(पछिल्लो धार्मिक प्रसंग हामीले बरिष्ठ पत्रकार बबिता वस्नेतको फेसबुक वालबाट साभार गरेका हौं ।)

images
प्रकाशित मिति :माघ १९, २०७९ बिहिवार - १८:५६:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend